सगरमाथाको आधार शिविरमा योग
काठमाडौं, १ असार । सगरमाथाको आधार शिविरमा पर्वतारोहीले योगाभ्यास गरेका छन् । समुन्द्री सतहदेखि १७ हजार छ सय फिट उचाईमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग अभ्यास गर्दै योग दिवस मनाइएको हो ।
योगाभ्यासमा भारतको गुजरातका भरत शर्मासहितका पर्वतारोही सहभागी थिए । उनीहरुले सगरमाथाको आधार शिविरमा योग अभ्यास गरेर कीर्तिमान बनाएका छन् । यसैगरी, सगरमाथाको काखमा योग दिवस मनाइएको छ । विश्वको सर्वोच्च शिखरको प्रवेशद्वार नाम्चे बजारमा विशेष कार्यक्रमको आयोजना गरी योग दिवस मनाइएको हो ।
योग दिवसमा विभिन्न संघसंस्था तथा प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए । स्थानीय महिला, युवा समूहका अलावा खुन्दे खानेपानी व्यवस्थापन समिति, खुम्जुङ र खुन्दे महिला तथा युवा समूह, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारीका अलावा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो । योग दिवसमा विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ता पनि सहभागी थिए ।
यसैगरी, काठमाडौं स्थित भारतीय राजदूतावासको आयोजनामा योग दिवस सप्ताहव्यापी रुपमा मनाइदैछ । २१ जुनमा पर्ने अन्तर्राष्ट्रिय योग दिवस अगाडि नै योग अभ्यासका कार्यक्रमहरु गरिएका छन् ।
आज भारतीय राजदूतावासको आयोजनामा योग दिवस मनाइएको छ । भारतीय राजदूत मञ्जिभ सिंह पुरीसहित दूतावासका कर्मचारी, प्रतिष्ठित व्यक्तित्वहरु योग अभ्यासमा सहभागी थिए ।
दैनिक जीवनमा योगको महत्व उजागर गर्दै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गर्ने उद्देश्यले सगरमाथाको काखमा योग दिवस मनाइएको आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
