यति धेरै पाकेटमार सार्वजनिक, कसरि लुट्थे ?
सार्वजनिक यातायातमा पाकेट मार्ने र लुट्ने समूहका सदस्यलाई विशेष अपरेशन चलाएर प्रहरीले पक्राऊ गरेको छ । एक हप्ता लामो सर्च अभियान चलाएर ८२ जना पाकेटमार र लुटेरालाई पक्राऊ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले सर्च अभियान चलाउने क्रममा काठमाडौंको रिङरोड, रत्नपार्कलगायतका स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । बसहरुमा पाकेट मार्ने र लुट्ने गतिविधि बढेको उजूरी आएपछि प्रहरीले रणनीति बनाएर नियन्त्रणमा लिएको हो ।
पाकेटमार र लुटपाटमा संलग्नमध्ये अधिकांश ३० वर्ष मुनीका रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने भएको छ ।
कसरी लुट्थे
विहान छ बजे देखि नै सार्वजनिक यातायातमा यात्रुका रुपमा पसेर लुट्नेहरुको समूह थियो । कतिपयले भीडभाडमा पाकेट मार्ने देखि झोला तानेर भाग्थे । यात्रुहरुलाई त्रसित बनाएर लुट्ने समूह पनि थियो । समूह नै बसमा छिरेर त्रसित बनाएर लुटेर भाग्थे । चालक, सहयोगी र यात्रु समेत डरले प्रतिकार गर्ने अवस्थामा हुन्नथिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

