नक्कली प्रमाणपत्र ल्याएर जागिर
जानकारी केन्द्र
२०७६, असार, ४
नक्कली प्रमाणपत्रधारी प्रहरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शाल विशेष ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक सरोज क्षेत्री केसी उमर अख्तियारले बुधबार आरोपपत्र दायर गरेको जनाएको छ ।
केसीले भारत उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्, हरिश्चन्द्र इन्टर कलेजबाट प्राइभेट आइ.कम. उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उनले सोही प्रमाणपत्रका आधारमा प्रहरी नीरिक्षकमा बढुवा भएको पुष्टि भएको अख्तियारले जनाएको छ । उनीमाथि भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्या दायर गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
