नेपालमै पहिलो पटक मनाईयो फार्म दिवस
ललितपुर। नेपाल सरकार कृषि विभागको तरकारी बाली विकास केन्द्रको आयोजनामा पहिलो पटक तरकारी बाली विकास केन्द्रमा बिहिवार फार्म दिवस मनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र अन्तरगतको तरकारी बाली विकास केन्द्र खुमलटारले बिहिबार विशेष कार्यक्रमको आयोजना गरि फार्म दिवस मनाएको हो ।

नेपाल सरकार कृषि विकास मन्त्रालय, कृषि विभाग, तत्कालिन तरकारी विकास निर्देशनालय अन्तर्गत रहेको यो केन्द्र २०४४ सालमा स्थापना भएको हो । वि.सं. २०२९ सालबाटै फार्मका गतिविधिहरु सञ्चालन भएपनि विधिवतरुपमा भने २०४४ लाई स्थापना दिवस मानिँदै आएको छ ।पहिलो फार्म दिवसको अवसर पारी केन्द्रले आफ्ना कृषि भावी रणनीति र कार्यक्रमका बारेमा जानकारी दिएको छ । कृषि, तरकारी तथा बीउ वेर्ना उत्पादन गर्दै आएको तरकारी बाली विकास केन्द्रले कृषिमा नविनतम प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दै आएको छ । ।

हाल यो केन्द्रले कृषि क्षेत्रमा आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै मोबाईल एप्लिकेसन तथा अनलाईन सिष्टम मार्फत तरकारी बाली तथा बीउ बेर्नाको उत्पादन गरिरहेको छ ।हाल केन्द्रको कुल ३४.५ रोपनी जग्गा मध्य १४.५ रोपनीमा तरकारी फार्म सञ्चालन गर्दै आएको छ । फार्म दिवसको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीं विकास मन्त्री चक्रपाणी खनालले कृषिमा बजेट पर्याप्त नभएको र पाएको बजेट पनि कार्यन्वयनमा जाँदा समस्या भएको बताउनुभयो ।
फार्म दिवसकै अवसर पारी उत्कृष्ट योगदान दिने कर्मचारी, फार्म संचालनमा सहयोग पु¥याउने कामदार र कृषि क्षेत्रको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो।


सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
