नवलपरासीको सरावल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ ।
नवलपरासीको सरावल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको छ । कार्यक्रमको शुभारम्भ गर्दै स्थानीय स्तरमा रहेका बेरोजगार युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्रदान गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ११४ जनाले बिस दिनकाे अवधिसम्म काम गर्न पाउनेछन् । प्रत्येक कामदारको दैनिक ५१७ रुपैयाँ ज्याला रहेको रहेको गाउँपालिका राेजगार अधिकृत निरज ठाकुरले बताए ।
युवाहरुले सरावल गाउँपालिकाको विभिन्न श्रममुलक बाटाेघाटाे ,कुलाे ,बाेटबृक्ष, सार्वजनिक भवन ,खानेपानी क्षेत्रमा रही काम गर्ने छन् । यो कार्यक्रमले मुलुकको आवश्यकतामा रोजगारी सिर्जना गर्दै विगतमा वैदेशिक रोजगारका नाममा वाहिरिदै आएका नेपाली श्रमिकलाई स्वदेशमै रोजगार दिने काम सरकारले गरेको र राष्ट्रबाट ठूलो मात्रामा विदेशिने रकमलाई रोक्न समेत यस कार्यक्रमले सहयोग पुर्याउने, साथै आएको बजेटको ३ प्रतिशत रकमको आवश्यक साम्रग्री खरिद गरिने र बाँकी रकम ज्याला स्वरुप श्रमिकहरुलाई प्रदान गरिने गाँउपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत अगामि अार्थिक बर्षमा श्रम तथा सिपमुलक कामकाे प्राथमिकता दिदै अन्य ब्यक्तिलाई रोजगार प्रदान गरिने प्रमुख प्रशासकिय अधिकृत झबिश्वर रेग्मीले जानकारी दिनुभएको छ ।
गाउँमा नै रोजगार पाएपछि स्थानीय स्तरमा बेरोजगार रही बसेकाहरु खुसी बनेका छन् । पहिलो चरणमा सरावल गाउँपालिकाका १ देखि ७ नम्बर वडाका बेरोजगार युवाहरुले रोजगार पाउन सफल भएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रममा सरावल गाउँपालिकाका २१४३जनाले बेरोजगारी सुचिमा अाबेदन दिइएका थिए । जसमध्ये २५० जना अतिबिपन्न परिवारका सदस्यलाई सुचिकृत गरिएकाे थियाे। त्यसमध्ये ११४ जनाले श्रममुलक कार्यकाे लागि इक्षा जाहेरगरि श्रमकाे सम्मान राष्ट्रिय अभियानमा सम्लग्न भएका हुन ।
वेरोजगारको सुचीमा नाम दर्ता गराएकालाई हाते सामाग्री हस्तान्तरण गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले गरे ।
रोजगार कार्यक्रमको सुरुवात गर्दै सरावल गाउँपालिका अध्यक्ष चौधरीले मानविय श्रोत साधनले सम्भव हुने विकास निर्माण काममा ठुलो मेसिनलाई विस्थापित गरिने वताए ।
साथै अध्यक्ष चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमले वेरोजगार भएकाहरुलाई थोरै भएपनि राहत मिल्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
