गुठीसम्बन्धी विधेयक औपचारिकरुपमा फिर्ता
सरकारले संसदमा दर्ता गराएको गुठीसम्बन्धी विधेयक मंगलबार औपचारिकरुपमा फिर्ता लिएको छ । राष्ट्रियसभामा दर्ता भएको विधेयक फिर्ता लिइएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विधेयक फिर्ताको प्रस्ताव शुक्रबार नै संसदमा दर्ता गराइसकेको थियो । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता गर्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
मन्त्री अर्यालको विधेयक फिर्तासम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । सरकारले गुठी विधेयक प्रतिनिधि सभामा नभई राष्ट्रिय सभामा बैशाख १७ गते दर्ता गरेको थियो ।
सरोकारवालासँग कुनै छलफल नै नगरी ल्याइएको विधेयक एकैपटक संसदमा टेबल भई बैशाख १९ गते विधेयकको प्रति सांसदहरूलाई दिइएपछि यसमा राखिएका प्रावधानबारे जानकारी भएको थियो ।
‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । त्यसअघि बैठकमा सांसदहरुले बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ ।
बैठकमा मन्त्री अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी विधेयक ल्याइयो भनी गलत प्रचार गरिएकामा दुःख व्यक्त गर्दै सनातन धर्मको संरक्षण गर्न नै विधेयक ल्याइएको र साविकदेखि चलेको प्रथा, परम्परा सबै विधयेकमा व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
