शम्भु राई र प्रकाश सपुतको विवाद यसरो मिल्यो
काठमाडौं, ११ असार । अब गलबन्दी च्यातियो बोलको गीतको संगित सर्जकमा शम्भु राईको नाम आउने भएको छ । प्रकाश सपुतले संगित मिलेको स्वीकार्दै सर्जकमा शम्भु राईको नाम राख्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।
लय र भाका चोरेको भन्दै गायकद्वय शम्भु राई र प्रकाश सपूतबीचको विवाद संसदसम्म पुगेको थियो । गायक शम्भु राई र प्रकाश सपुतले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सहमति भएको जानकारी दिएका छन् ।
गलबन्दी च्यातियो बोलेको गीतको संगित सृजनामा शम्भु राई सर्जकका रुपमा उल्लेख हुने भएका छन् । पुनः संगित सृजनामा प्रकाश सपूत हुनेगरी युट्युवमा समेत सच्याउने सहमति भएको छ । दुवैले भविष्यमा विवाद नगर्ने गरी बुधबार सहमति गरेका हुन् ।
सहमति अनुसार शम्भु राईले प्रतिलिपि अधिकारको लागि दिएको निवेदन फिर्ता लिने, गलबन्दी च्यातियो बोलको गीतको प्रतिलिपि अधिकार प्रकाश सपूतकै अधिकार रहने, रोयल्टीमा पनि शम्भु राईले दाबी नगर्ने सहमति भएको हो ।
सहमतिपछि दुई गायकबीचको विवाद टुंगिएको छ । यसअघि दुवै सर्जकबीच मात्र नभई स्रोताबीच पनि आरोप प्रत्यारोप चलेको थियो ।
गायन र संगितको क्षेत्रमा चर्चाभन्दा मिहेनतमा विश्वास गर्ने शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ गीतको संगित गलबन्दी च्यातियो बोलको गीतसँग लय भाका हुबहु भएको ठहर कला क्षेत्रका संघसंस्थाहरुबाट भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
