• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ६ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ६ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • ८ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • ९ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १२ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १३ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • ३. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ४. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

  • ६. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ७. पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

  • ८. पर्सामा चट्याङ पर्दा सात जना घाइते

  • ९. फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित

  • १०. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

कांग्रेसमा विवाद चुलिँदै, अन्योलमा १४ औँ महाधिवेशन

admin २०७६, असार, १७

सार १७, काठमाणडै । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि यसै वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने छ । तीनै तहको निर्वाचनमा पराजय भोगेपछि कमजोर बनेको कांग्रेसको नेतृत्वले समयमै महाधिवेशन गर्नका लागि भने चासो देखाएको छैन । जसले गर्दा पार्टीभित्र विमति बढ्दै गएको छ । समयमै महाधिवेशन गर्नुपर्ने र अवधि लम्ब्याउनुपर्ने दुई थरी आवाज उठ्न थालेको छ ।

कांग्रेसमा १४ औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । महाधिवेशन गर्ने विषयमा सभापति शेरबहादुर देउवा पक्ष र अन्य गुटहरुबीच विमति देखिएको छ । देउवा पक्षले विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन चाहेका छन् ।

चुनावमा पराजित भएपछि पार्टीभित्रैबाट चर्को आलोचना खेपेका देउवाले एक वर्ष भए पनि सभापतिको पद जोगाउने उपाय खोजेका छन् । जसलाई उनी निकट मानिने नेताहरुले समर्थन गरिरहेका छन् । देउवा पक्षधर मानिने नेता गोपालमान श्रेष्ठले विधानअनुसार सभापतिले एक वर्ष समय थप्न पाउने भएकाले अर्को वर्ष मात्रै महाधिवेशन गर्दा पनि केही फरक नपर्ने तर्क गर्छन् ।

तर देउवाइतर नेताहरुले भने जसरी भए पनि चार वर्षभन्दा बढि एक दिन पनि अहिलेको कार्यसमितिको अवधि लम्ब्याउन नहुनेमा जोड दिइरहेका छन् । विधानमा एक वर्ष थप्ने व्यवस्था भए पनि अहिले त्यसका लागि उचित कारण नै नभएको युवा नेता प्रदिप पौडेलको तर्क छ ।

सभापति देउवाको चर्को विरोध गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समय नथपिकन महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल लम्ब्याउन अहिले जरुरी नभएको पौडेलको भनाई छ ।

पार्टी विधानको दफा ४३ ले ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख गरेको छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

विशेष कारण परे ६ महिना बढाउन सकिने व्यवस्था संविधानमा उल्लेख छ । देउवाले यही प्रावधान टेकेर थप डेढ वर्ष बढाउन चाहेका छन् । तर संस्थापन इतरपक्षले देउवाको चाहना पूरा हुन नदिने भन्दै दबाब दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.