पूर्वाधार नहेरी बिषादी परिक्षण गरेको भन्दै मन्त्रीले मागे माफी
असार २३, काठमाडौँ | भारत तथा अन्य तेस्रो मुलुकबाट नेपालमा भित्रिने तरकारी तथा फलफूल परिक्षण गर्ने निर्यण बाट सरकार भारतको दबाबका कारण पछि हटेको भन्दै आलोचना भइरहेको छ |
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने फलफूल तथा तरकारीमा बिषादी परिक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् | सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सचिवहरुले आफुलाई डुबाएको आरोप समेत लगाए | मन्त्री यादबले भने ” पूर्वाधार नभई निर्णय गर्नु मेरो गल्ति थियो | सचिवहरुले मलाई भन्दै भनेनन् |
सबै जिम्मा म लिन्छु ” | प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको उनको स्पष्टीकरण छ । ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु । अब मलाई थप्पड हानेर तपाईंहरुलाई सन्तोष मिल्छ भने हान्नुस् ।’उनले भने |
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
