• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १२ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • १ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • २. २०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

  • ४. विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

  • ५. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ६. रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

  • ७. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

  • ८. एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

  • ९. आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ

  • १०. चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा

मरीच खेती गर्ने तरिका

admin २०७६, असार, २६

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग गर्ने गरेको मरिच पाकेर सुकाइएको हुन्छ जसलाई  peppercorn भनिन्छ । मरीच एक खाद्य पदार्थ हो। यो कालो रङ्गको हुन्छ। यसलाई दूध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। बानस्पतिक हिसाबले मरीच झाँग जस्तो बोट हो। यसमा फल्ने फलमा सिङ्गो बियाँ हुन्छ। पकाएर सुकाएको फललाई कालो मरीचको रूपमा प्रयोग गरिन्छ। सुकाएको काँचो फललाई हरियो मरीच तथा पाकेको फलको बियाँलाई सेतो मरीचको रूपमा प्रयोग गरिन्छ।

यसको खेती :
मरिच दक्षिणी भारततिर उत्पत्ति भएको मानिन्छ तर उष्ण प्रदेशिय मुलुकहरुमा जताततै खेती गरिएको देख्न सकिन्छ । विश्वमा भियतनाम, भारत, ब्राजिल, इन्डोनेशिया, मलेशिया, श्रीलङ्का र चीनमा यसको व्यावसायिक रुपमा उत्पादन गरिन्छ । हालको तथ्याङ्क हेर्ने हो भने भियतनाम विश्वकै सवभन्दा ठूलो उत्पादक र निर्यात गर्ने देश हो जसले विश्वको ३४ प्रतिशत मरिच उत्पादन गर्छ । नेपालमा यसको खेती मोरङ, सूनसरी, झापा, रामेछाप र लमजुङमा गरेको पाइन्छ ।

उन्नत जातहरु
विश्वमा अत्यधिक प्रयोग गरिएका जातहरुमा वेलानकोट्टा, कोट्टानादन, कल्लुवली, ,पन्नियूर, चेरियाकानियाककाडन र कोरिमुण्डा आदि पर्छन । चेरियाकानियाककाडान र कोट्टानदान गुणस्तरीय मानिन्छन् भने पन्नियूर हाइब्रिड जात हो ।

मौसम(हावापानी, तापक्रम र प्रकाश)
मरिच न्यानो, आद्र्र हावापानी र बढी वर्षामा हुने, उष्ण प्रदेशिय बाली हो । पहाडी क्षेत्रको न्यानो तथा बढी आद्रता भएको ठाउँमा पनि यसको खेती गर्न सकिन्छ । समुद्री सतहदेखि १५०० मिटर सम्म खेती गर्न सनिे यो वालीलाई २००० देखि ३००० मिमि पानी चाहिन्छ भने सापेक्षित आद्र्रता ६०–९५ % उपयुक्त हुन्छ । मरिच बृद्धिको लागि २३–३५ डिग्री सेल्सियसको तापक्रम चाहिन्छ । यसले १० डिग्री सेल्सियस भन्दा कम तापक्रम सहन सक्दैन । मरिचलाई लामो वा छोटो दिनले फरक पार्दैन तर उपयुक्त प्रकाश पाएन भने ५० % सम्म उत्पादन घट्न सकछ । निकासको राम्रो व्यवस्था भएको, केही भिरालो, हलुका चिम्ट्याइलो वा बलौटे माटो उपयुक्त हुन्छ । पि एच मान ४.५–६ सम्म भएको पूर्वी मोहडा भएको जमिन चाहिन्छ । यसले आड लिनका लागि पर्याप्त ठाउँ पुग्छ। आडको लागि अन्य बिरुवाहरू, सिमेन्टको पिलर, काठको पोल, फलामे तार आदि प्रयोग गर्न सकिन्छ।

बिरुवालाई सही आकार दिन र रोग मुक्त राख्नुका साथै उत्पादनमा निरन्तरता कायम गर्न काँटछाँट जरुरी हुन्छ। बिरुवा १ मिटर लामो भएपछि तलको पात हटाइदिनुपर्छ। उपयुक्त छहारी र सहारा दिन तथा रोग र किराहरूबाट जोगाउन घरेलु उपकरणहरूले काँटछाँट गर्न सकिन्छ।

यसले कति समयमा फल दिन्छ ?

साधरणतया तेस्रो वर्षपछि बिरुवाहरू फल्न थाल्छन्। यसको प्रत्येक गुच्छामा ५०-६० दाना हुन्छन्। सात वर्षपछि बिरुवाहरूमा फलहरूको १०० देखि १५० मिलिमिटर लामो गुच्छा अधिकतम मात्रामा लाग्न थाल्छन्। गर्मीमा प्रत्येक बिरुवाबाट साधरणतया ४ देखि ६ किलोग्राम सम्म मरीच प्राप्त हुन्छ।यसको उत्पादन प्रति हेक्टर २७५ के जीसम्म भएको पाइन्छ।

मरीचको गेडा पहेंलिएर एउटा झुप्पामा १ /२ वटा गेडा रातो भइसकेपछि टिपेर सुकाउनुपर्छ र त्यसपछि गेडालाई छुट्याउन सकिन्छ। त्यसपछि केही दिन सुख्खा ठाउँमा राखी घाममा सुकाउनुपर्छ। गेडा चाउरिएर कालो भएपछि भण्डारण गर्न सकिन्छ।

यसको व्यवसायिक सम्भावना :

नेपालमा मरीचको व्यवसायिक सम्भावना निकै राम्रो भएको पाइन्छ।गत आर्थिक वर्षमा मात्रै १ अर्ब ४९ करोडको मरीच नेपालमा आयात भएको तथ्याङ्क भेटिन्छ ।

बजारमा यसको बिक्री १००० भन्दा बढी प्रति के.जी हुने गरेको छ ।यी सम्भावना भएता पनि नेपालमा यसलाई व्यवसायिक रूप दिन भने सकिएको छैन्र मरीचको राम्रो उत्पादन र व्यवसाय गर्ने हो भने आफ्नो जिवानस्थर चाडै नै उकास्न सकिन्छ र विदेशिने युवाहरूमा पनि धेरै मात्रमा कमी ल्याउन सकिन्छ ।

लहरे बाली मरीचका लागि बोक्रा खस्रो हुने आँप, कल्की, कट्टुस्, चिलाउने, फलेदो, साल लगायतका बोटको आवश्यकता पर्छ । फेदमा लगाएको मरिचले फल दिने र रुख हुर्केपछि काठ बिक्री हुने हुँदा दोहोरो फाइदा लिन सकिन्छ । यसले लगातार ३० वर्ष सम्म उत्पादन दिन्छ ।

मरीचका फाईदा :

मरीचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरीचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।
मरीचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ ।
त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरीच लाभदायी मानिन्छ ।
क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरीचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।
आँखा कमजोर छन् भने मरीच पिसेर धूलो बनाएर घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नाले आँखा तेजिलो हुन्छ ।
पेटमा किरा परेका छन् भने अलिकति मरीचको धूलो एक गिलास मोहीमा घोलेर पिउँदा राम्रो हुन्छ।
पाइल्सको समस्या छ भने मरीच उत्तम औषधी हो।यसका लागि जिरा, चिनी र मरीचका दानाहरूलाई पिँधेर धूलो बनाइ बिहान बेलुका तीन चोटि खानुपर्छ। यो खाँदाखेरी जंक फुड तथा तेल हालेको खानेकुरा खानुहुँदैन ।
साससम्बन्धी समस्या छन् भने पुदिनाको चियामा मरीच हालेर पिउँदा फाइदा गर्छ ।
मरीच चपाउने गर्दा अनुहारका दाग धब्बा र रोग निको हुन्छन् ।
दाँत दुखेको वा बिग्रेको छ भने मरिचले फाइदा गर्छ । पाइरिया भएको छ भने मरीचको धुलोमा नुन हालेर दाँतमा दल्दा, ठीक हुन्छ ।
भुल्ने बानी छ भने महमा मरीचको धूलो हालेर दिनमा दुई चोटि खानुपर्छ।

स्रोत : यो लेख मरीच खेती सम्बन्धी इन्टरनेटमा पाइएका विभिन्न लेख तथा सामग्रीहरू अध्ययन गरि तयार पारिएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.