Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

अन्तिम किकमा गोल गर्दै अल्जेरिया अफ्रिकी कपको फाइनलमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, असार, ३०
अन्तिम किकमा गोल गर्दै अल्जेरिया अफ्रिकी कपको फाइनलमा

खेलको अन्तिम किक थियो त्यो । इन्जुरी समयको अन्तिम मिनेटमा अल्जेरियाले फ्रि किक पाएको थियो । मेन्चेष्टर सिटीका अग्रपंक्तिका खेलाडी रिसाद महरेजले कुनै गल्ती नगरी सानदार गोल गरे ।

इजिप्टमा नेपाली समय अनुसार ३० असारको विहान थप समयमा जान लागेको खेलको निर्णायक गोल गर्दै अल्जेरियालाई महरेजले को फाइनलमा पुर्याए । खेलमा शुरुवाती अग्रता अल्जेरियाले लिएपनि पेनाल्टीमार्फत् नाइजेरियाले बराबरी गोल गरेको थियो ।

दुवै टोलीले समान स्तरको खेल खेलेपनि अल्जेरियाले बाजी मार्यो । अब उसले सेनेगलसँग फाइनल खेल्नेछ । सेनेगलले ट्युनिसियामाथि १-० को जित हासिल गर्दै फाइनलको यात्रा तय गरेको हो ।

ट्युनिसियाको हारको कारण आत्मघाती गोल कारण बन्यो । खेलको १०० औं मिनेटमा ट्युनिसियाका ब्रोनले आत्मघाती गोल गरेका थिए । Photo: The Guardian

Top Changing Nepal

युट्युब सट्स