मानहानीको मुद्दामा क्रिस गेलले पाउने भए पैसा
काठमाडौं, साउन १ । अस्ट्रेलियाबाट प्रकाशित हुने तीनवटा पत्रिकाले मानहानिको एउटा मुद्दामा वेस्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेललाई तिर्नुपर्ने क्षतिपूर्तिको निर्णयविरुद्ध हालेको पुनरावेदन खारेज भएको छ।
सन् २०१५ मा सिड्नी मर्निङ हेरल्ड, द एज र क्यान्बर टाइम्सले सिड्नीमा गेल एक महिला मसाजकर्ताअगाडि नाङ्गै बसेको दाबी प्रकाशित गरेका थिए।तर गेलले त्यो समाचार मिथ्या भएको भन्दै मानहानिको मुद्दा हालेका थिए।
गत वर्ष न्यू साउथ वेल्सको सर्वोच्च अदालतले गेलले तीन लाख अस्ट्रेलियाली डलर क्षतिपूर्ति पाउने निर्णय सुनाएको थियो।बढी क्षतिपूर्ति पाउनुपर्ने गेलको अपील पनि अस्वीकृत भएको छ।
सुनुवाइका क्रममा मसाजकर्ता लीआन रसलले गेल आफ्नो अगाडि नाङ्गो भएको आरोप लगाउँदै त्यसबाट आफू धेरै स्तब्ध भएको बताएकी थिइन्।
सन् २०१६ को एउटा टेलिभिजन अन्तर्वार्तामा गेलले एक पत्रकारलाई लाजले रातो नहोऊ, मैयाूँ भनेको सुनेपछि रसलले ती तीन पत्रिकाको तत्कालीन प्रकाशक फेअरफ्याक्स मीडीआलाई सम्पर्क गरेको अदालतमा बताइएको थियो।गेलले रसलको दाबी अतिशयोक्तिपूर्ण भएको तर्क गरेका थिए।
सो मुद्दा हेर्न गठित न्यायिक समितिले पनि ती पत्रिकाले प्रकाशित सामग्रीको प्रतिरक्षा गर्ने प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै गेलको पक्षमा निर्णय दिएको थियो।तर सो निर्णयलाई चुनौती दिँदै ती पत्रिकाले गेलका वकिलबाट सुनुवाइको अन्त्यमा रसलको विश्वसनीयताबारे प्रश्न उठेकाले नयाँ सुनुवाइ हुनुपर्ने माग राखेका थिए।
न्यू साउथ वेल्सको पुनरावेदन अदालतले पनि रसलसँग उचित व्यवहार नभएको तर्कमा सहमति व्यक्त गरेको थियो।तर उचित निर्णय लिन न्यायिक समितिलाई पर्याप्त निर्देशन दिइएको उसले बताएको थियो।क्षतिपूर्ति कम भएको गेलको दाबीलाई पनि अदालतले खारेज गरिदिएको छ।
उनन्चालीस वर्षीय गेल ख्यातिप्राप्त क्रिकेट खेलाडी हुन्।एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने योजना उनले तत्कालका लागि स्थगित गरेका छन्।बीबीसी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
