• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२४ जेठ २०८३, आइतबार
२४ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • १३ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

  • २. २०८३ जेठ २० गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना सार्वजनिक

  • ४. विराटनगरमा ओमोडा ई५ प्रो को आगमन, पहिलो ५० ग्राहकलाई विशेष छुट

  • ५. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ६. रणवीर र रश्मिकासँग कजारिया रमेश टायल्सको ‘घरमा कजारिया…’ अभियान सार्वजनिक

  • ७. एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन

  • ८. एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

  • ९. आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ

  • १०. चक्रपथमा महानगर यातायातको सेवा विस्तार, १६ नयाँ विद्युतीय बस सञ्चालनमा

यसरी उद्धार गरियो केन्याको रङ्गिला बारबाट नेपाली चेली

admin २०७६, श्रावण, ३

काठमाडौं, ३ साउन । केन्याको “न्यु रङ्गिला बार” मा मुजरा नाँच्न लगिएका थिए उनीहरु । केन्याको न्यालीमा रहेको बारमा मानव तस्करको संगठित गिरोहले पुर्याएका नेपाली चेलीहरुमाथि दुव्र्यवहारका घटना बाहिर आयो ।

केन्याको पत्रपत्रिकामा १२ जना नेपाली चेलीबाट सनसनीपूर्ण खबर बनेपछि सरकारको ध्यान गयो । एउटै अर्पाटमेन्टमा राखिने र साँझको ९ बजे बारमा पुर्याइन्थे चेलीहरु । विहान ३ बजे पुनः अर्पाटमेन्टमा फर्काइन्थ्यो ।

बार चलाएका थिए असिफ जेठा नामका केन्याली नागरिकले । बारमा यौन शोषणको विषय बाहिर आयो । मानव तस्करको संगठित समूहका नाइके जेठा केन्याको सुरक्षा निकायमा समेत प्रभाव बनाउन सकेका थिए । तर, उनी पत्रपत्रिकामा व्यापक खबर छापिन थालेपछि पक्राउ परे । उनीमाथि मानव तस्कर, मानव तसकरको प्रोत्साहन र महिलाको पासपोर्ट कब्जामा लिएकोसहित तीनवटा अभियोग लाग्यो ।

यी खबरहरु जानकारीमा आएपछि नेपाल सरकारले कुटनीतिक पहल गरेर १२ नेपाली चेलीलाई उद्दार गरेको छ । नेपाल प्रहरीका अनुसार उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवासीय राजनीतकि मिसनसम्म सम्पर्क गर्यो । केन्यामा नेपालको आवासीय दूतावास नभएकाले दक्षिण अफ्रिकास्थित नेपाली दुतावासबाट पहल भएको थियो । दुतावासले केन्याको डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्यालगायत अन्य संघसंस्थासँग सहकार्य गर्यो ।

निकै मिहेनतपछि २ साउनमा नेपाली चेली नेपाल ल्याइएको थियो । प्रहरीले अनुसन्धानका क्रममा १२ जना चेली भारतको बाटो हुँदै केन्या पुगेको खुल्न आएको छ ।

नेपाल प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात अन्तर्राष्ट्रिय आप्रवासी संस्थाका प्रतिनिधिको रहोबरमा उनीहरुलाई ३ साउनमा आफन्तको जिम्मा लगाइएको छ । महिलाहरुलाई केन्या पुर्याइएको घटनाको अनुसन्धान जारी रहेको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

कस्तो थियो रङ्गिला

रङ्गिला बारमा पैसावाल र परिचितहरु मात्र प्रवेश पाउँथे । गार्डले चेकजाँच गरेर वृस्तृत बुझेपछि मात्र प्रवेश दिन्थे । बारमा प्रवेशका लागि महङ्गो मूल्य राखिएको थियो । जहाँ यौन शोषण गरिन्थ्यो ।

बारमा महिलाहरुलाई उपनाम दिइन्थ्यो । हरेक रात निश्चित पैसा कमाउनुपर्ने वाध्यात्मक अवस्था बनाइन्थ्यो । असिको उपनामकी संजितालाई मासिक चार लाख नेपाली रुपैयाँ बराबरको केन्याको सिलिङ कमाउनैपर्ने टार्गेट दिइएको थियो ।

बारमा बस्दा नेपाली चेलीहरुको मोबाइल फोन प्रयोग वञ्चित गरिएको थियो । जसरी हुन्छ ग्राहकबाट बढी भन्दा बढी रकम धुत्न लगाइन्थ्यो । हरेक चेलीलाई दैनिक यतिसम्म पैसा उठाउनैपर्ने वाध्यता बनाइएको हुन्थ्यो ।

बारमा काम गरेवापत् हरेक चेलीले मासिक ५५ देखि ९० हजार नेपाली रुपैयाँ दिइन्थ्यो । तर, उनीहरुले १० देखि १५ हजार नेपाली रुपैयाँमात्र हातमा पाउँथे । बाँकी रकम परिवारका नाममा पठाइएको भनिन्थ्यो ।

कसरी लगिए केन्या

विदेश गएर पैसा कमाउने सपना देखेका नेपाली चेलीहरु म्यानपावरका दलालमार्फत् प्रक्रियामा लागे । राम्रो कमाई हुने लोभले नृत्य सिके । फोनकल र स्काइपबाट अन्तवार्ता दिए । उनीहरुको तस्वीर र वृस्तृत विवरण लिएपछि हवाइ टिकट पठाइयो । शुरुमै केही रकम पनि पठाइयो ।

पहिल्यै पैसा पाएपछि लोभ्भिएका चेलीहरु गैरकानुनी बाटो हुँदै केन्या पुगे । उनीहरु टुरिष्ट भीसामा त्यहाँ पु¥याइए । नेपाली चेलीलाई केन्या पु¥याउन नेपाल देखि केन्यासम्मको मानव तस्करको सञ्जाल संलग्न रहेका तथ्य भेटिएको छ । तस्वीरः पल्स केन्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.