• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ७ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ८ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • ८ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १० घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही

admin २०७६, श्रावण, ३

साउन ३, काठमाडौँ । सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि कारवाही गरेको हो । किसान तथा कृषि उपज सङ्कलन केन्द्रबाट तरकारी खरिद गरेको बिजविजल नदेखाउने बल्खुका १० र कालीमाटीका छ व्यापारीलाई जनही रु पाँच÷पाँच हजार जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा बल्खुस्थित तरकारी बजारमा बिचौलियासमेत फेला परेको थियो । एउटा पसलबाट तरकारी नाफा खाएर सोही ठाउँको अर्को पसलमा बेच्ने धन्दा चलाउँदै आएका ती बिचौलियालाई विभागको अनुगमन टोलीले ठाउँका ठाउँ रु २० हजार जरिवाना गरेको छ । 

खरिदसम्बन्धी कुनै पनि विवरण नदेखाउने कालीमाटीस्थित तरकारी बजारका दुई व्यापारीलाई जनही रु १०÷१० हजार जरिवाना गरिएको विभागले जनाएको छ । विभागको टोली अनुगमका लागि बजार प्रवेश गर्दा उपभोक्ताको ढाड सेक्न पल्किएका व्यापारी स्टलनै छाडेर भागेका थिए । 

तरकारी बजारमा बिचौलिया र ढुवानीकर्ताको पनि अनुगमन गर्ने उद्देश्यका साथ सो स्थानमा पुगेका भए पनि उनीहरु राति नै फर्कने गरेको भेटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । “विभागको टोली समग्र बजारको अनुगमन गर्ने उद्देश्यले गएको थियो, ढुवानीकर्ता तथा बिचौलियाले नाफा खाएर व्यापारीलाई दिने गरेका रहेछन्”, उहाँले भन्नुभयो, “अनुगमन टोली ४ बजे बजारमा पुग्दा ढुवानीकर्ता र बिचौलिया राति १÷२ बजे नै फर्कने रहेछन् । अर्को चरणको अुनगमनका क्रममा अझ उन्नत ढङ्गबाट जानेछौँ ।”

केही ढुवानीकर्ताले नै बिचौलियाको भूमिका खेलेको हुनसक्ने अनुमान गरिएको छ । कृषि उपज सङ्कलन केन्द्रबाट ल्याउने ढुवानीकर्ताले नै अस्वभाविक मूल्य राखेर व्यापारीलाई दिने गरेका छन् । विभागले चुस्त दुरुस्त व्यवस्थापन गर्न नसकेको र बिचौलियालाई नियन्त्रणमा लिन नसकेको भन्दै कालिमाटी र बल्खुस्थित तरकारी बजारका व्यवस्थापन पक्षलाई पनि छलफलका लागि आउन निर्देशन दिएको छ । 

अनुगमन टोलीले प्रत्येक स्टलमा तरकारीको मूल्यसूची राख्न र थोक बिक्री गर्दा अनिवार्य रुपमा बिलविजक जारी गर्न सम्पूर्ण व्यापारीलाई निर्देशन दिएको छ । अनुगमनका क्रममा तरकारी बजार सुधार गर्न सरकारले विगतमा दिएको निर्देशन र चालेका कदम प्रभावकारी नदेखिएको पाइएको विभागले जनाएको छ । 

काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रूपमा वृद्धि भएको जनगुनासो आएसँगै विभागले कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको हो । विभागका निरीक्षण अधिकृतको नेतृत्वमा दुई वटा टोली कालीमाटी र बल्खुस्थित तरकारी बजारमा अनुगमनका लागि पुगेको थियो ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ । अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ । गत असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो ।

विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ । बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका थिए । 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.