• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ७ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ८ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • ८ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १० घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन बन्दै

admin २०७६, श्रावण, ६

खोटाङ | हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ । उपभोक्ता समितिमार्फत निर्माणको काम थालिएको मन्दिरको उत्तर–पश्चिम भेगमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको हो । 

पर्यटन मन्त्रालयमार्फत प्रदेश नं १ सरकारले विनियोजन गरेको रु ३० लाख बजेटबाट निर्माण शुरु गरिएको पदमार्ग निर्माण सम्पन्न नहुँदै भासिएको छ । छेउपट्टि फलामे रेलिङ तथा बाहिरी भागमा बगैँचासमेत रहने पदमार्गको १०० मिटर लम्बाइ र पाँच मिटर चौडाइ निर्माण शुरु गरिएको हो । निर्माण सम्पन्न नहुँदै भासिएको पदमार्गमा उपभोक्ता समितिले टाल्ने काम मात्र गर्न लागेको स्थानीयवासीले आरोप लगाएका छन् । “निर्माण उपभोक्ता समितिका पदाधिकारीले कमाइ खाने योजनाका साथ गुणस्तरहीन काम गर्दा यस्तो भएको हो”,नाम नभन्ने शर्तमा एक स्थानीयवासीले भने, “यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ । तत्काल सुधार नगरिए कमजोर संरचना निर्माण हुन्छ ।”

उपभोक्ता समितिले पदमार्ग निर्माणका लागि जमीन सम्याउँदा निस्किएको ‘फिलिङ’ माटोमाथि पर्खाल लगाएर ढलान गरेकाले सम्पन्न नहुँदै भासिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभयो । “हलेसीलाई कसैले कमाइ खाने ठाउँ बनाउनुहुन्न”,उहाँले भन्नुभयो, “भासिएको ढलान पूरै उप्काएर पुनः नयाँ ढलान गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ |  निर्माणको काम अन्तिम चरणमा पुगेको पदमार्गको पूरै भाग भासिएपछि उपभोक्ता समितिकोचर्को आलोचना हुन थालेको छ । मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको पदमार्ग हटाएर पुनःनिर्माण शुरु गरिएको पदमार्गको बाहिरी भागमा विभिन्न प्रजातिका फूलको बगैँचा बनाउने योजना छ ।  

निर्माणाधीन पदमार्ग लगातारको वर्षाका कारण आएको बाढी पसेपछि भासिएको उपभोक्ता समितिका अध्यक्ष देवराज राईले बताउनुभयो । “हामीले गुणस्तरीय नै काम गरेका छौँ”, उहाँले भन्नुभयो, “लगातारको भारी वर्षाका कारण ढलान गरिएको भाग भासिएको छ । उक्त ठाउँमा पुनः निर्माण गर्ने तयारी गरिएको छ ।”गत असारभित्रै सम्पन्न गर्नुपर्ने उक्त योजनाको काम अहिलेसम्म पनि सम्पन्न नहुँदा हलेसी आउने भक्तजन तथा पर्यटकलाई समस्या भएको छ । निर्माणाधीन पदमार्गभरि निर्माण सामग्री थुपारिएकाले मन्दिर परिक्रमा गर्ने भक्तजनलाई समस्या भएको हो । 

बाह्रै महीना दर्शनार्थी तथा पर्यटकको भीड लाग्ने हलेसीमा साउन लागेसँगै ‘बोलबम’ मेला शुरु भएको छ । महीना दिनसम्म लाग्ने बोलबम मेलामा विशेषगरी हिन्दू धर्मावलम्बीको भीड लाग्ने गरेको छ । बोलबममा मेला भर्न आउने भक्तजन खाली खुट्टा हिँडेर मन्दिर परिक्रमा गर्ने हुँदा समस्या हुने भएको स्थानीयले बताएका छन् । यस वर्ष गत वर्षको तुलनामा भक्तजनको भीड नरहेको महन्त गोपाल गिरीले बताउनुभयो । 

लामो समयको खडेरीपश्चात् परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोले सडकमा क्षति पुगेपछि यस वर्ष दर्शनार्थी घटेको जनाइएको छ । अवरुद्ध सडक तीन दिनअघिदेखि मात्र पुनः सञ्चालनमा आएकाले अर्को हप्ताको सोमबारदेखि हलेसीमा भक्तजनको भीड लाग्ने अनुमान गरिएको छ । 

अवरुद्ध सडक पुनः सञ्चालनमा आए पनि अहिले हलेसी आउने भक्तजन तथा पर्यटकको सङ्ख्या न्यून रहेको होटल व्यवसायीको भनाइ छ । बोलबम मेलाका लागि तयारी गरिएको होटल अहिले खाली रहेको छ  |

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.