उदयपुरकि १४ बर्षीया छात्रालाई ८ दिनदेखि पोखराको होटल राखेर करणी गर्ने शिक्षक पक्राउ
साउन ८, कास्की | कास्की प्रहरीले उदयपुरको म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका २८ बर्षिय शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरेको छ । कानोडियाले उदयपूरकै १४ बर्षिय किशोरीलाई पोखराको होटलमा लगेर बन्धक बनाएको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार १४ बर्षीया छात्रालाई ति शिक्षकले उदयपुरदेखि कास्की पोखरा महानगरपालिका वडा नं. ६ लेकसाईड डिहिगोपाटन स्थित द कन्ट्री यार्ड होटलमा राखेर करणी गरेका थिए । प्रहरीको अनुसार होटलको एक कोठामा ति शिक्षकले नाबालिकाले प्रयोग गरेको मोबाईल समेत नियन्त्रणमा लिएर अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाएका थिए ।
मोरङको बिराटनगरमा स्थायी घर भएका र हाल उदयपुर जिल्ला चौदण्डी न.पा. वडा नं. ७ बस्दै आएका आरोपित शिक्षक उदयपुरकै म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक हुन् । बन्धक बनाई राखिएकी बालिकालाई प्रहरीले उद्दार गरेर अभिभावकको जिम्मा लगाएको छ ।
प्रहरीका अनुसार नाबालिकालाई बिगत ८ दिनदेखी होटलको कोठामा राखेर कानोडियाले जबरजस्ती करणी समेत गरेका थिए । कानोडियालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडी बढाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
