वालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको आत्महत्या ‘शंकास्पद’, अनुसन्धान सुरु
साउन १२, काठमाण्डौ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।
काठमाण्डौको माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हामफालेर श्रेष्ठले आत्महत्या गरेका हुन् । हामफालेर घाइते भएका श्रेष्ठलाई तत्काल पिपुल्स हस्पिटल लगिएको थियो । तर अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
नेपाली कांग्रेस पर्वतका सचिवसमेत रहेका श्रेष्ठ विगतमा डिल्लीबजार मालपोत कार्यालयमा कार्यरत थिए । थिए त्यसबेला ललिता निवास जग्गा व्यक्तिको नाममा सार्न सहयोग गरेको आरोप उनीमाथि लागेको थियो ।
पछिल्ले समय अख्तियारले छानविनका क्रममा श्रेष्ठसँग बयान पनि लिएको थियो ।
अख्तियारले बयानमा बोलाएपछि श्रेष्ठ आफ्नो गृहजिल्ला पर्वत फर्केका थिएनन ।
२०२१ सालमै मुआब्जा दिएर अधिग्रहण गरिएको सरकारी जग्गा आर्थिक प्रलोभनमा परेर तत्कालिन भोगिधिकारीका नाममा कायम गर्न उनीसहित डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले नक्कली फाइल खडा गरेको आरोप छ ।
२०५८ सालमा सरकारी सेवाबाट अवकाश लिएका श्रेष्ठ त्यसपछि भने विभिन्न संघसंस्था हुँदै नेपाली कांग्रेससँग आवद्ध भएका थिए । २०४९ सालमा तत्कालिन प्रमुख मालपोत अधिकृत कलाधर देउजा लगायतको निर्देशनमा आफूले सरकारी जग्गा व्यक्तिका नाममा कायम गर्न फायल खडा गरेको बयान उनले अख्तियारलाई दिएका छन् ।
श्रेष्ठले आत्महत्या गरे वा संकास्पद मृत्यु भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । श्रेष्ठको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
