• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ६ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ६ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • ७ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ७ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ८ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

प्रहरी प्रमुख बन्न नौ करोडको प्रस्ताव: पूर्ब डिआईजी थापा

admin २०७६, श्रावण, १६

अर्जुन बराल |साझा सबाल  

धापासी काठमाण्डौको महाराजगंज बसुन्धरा नजिकै रहेको एउटा सामान्य घरभित्रबाट आउँने हिन्दुधर्म भित्रका ति मिठा अनि देवदेवताका लोभ्याउँने शैलीका ती श्लोकहरुको लय सुनिसकेपछि बाटोमा हिडिरहेको मेरो मनमा कौतुहलता जाग्यो, साच्चीनै हेर्दा शिक्षित बर्गको जस्तो देखिने यो घर अनि धर्मप्रतिको लगाव नबुझी अगाडी बढ्नै मन मानेन, दाँयाबाँया नहेरी गेट्मै पुगेर बेल बजाएँ ।

आश्चर्यचकित भए तत्कालीन समयको रोयल नेपाल एयरलाईन्समा ईनफलाईट सुपरभाईजर पदमा रहेका किशोर प्रसाद शर्माकी श्रीमती अनी सत्यसेवा सुरक्षणको मुलमन्त्रलाई आत्मसाथ गदै प्रहरी सेवामा तीस बर्ष बिताउँनु भएकी पूर्ब डिआईजी बिमला थापा आस्थाले शिर झुकाउँदै अभिबादन गरि आफ्नो परिचय दिएँ । नेपाल प्रहरीको यति लामो ईतिहासमा प्रहरीको उच्च तहमा पुग्ने महिला मध्य एक उनि र उनको बारेमा धेरथोर नजान्ने त कुरै भएन, अझ समग्रमा जान्ने मनसायले राजनीतिक दलको दबाबले गिराएको संगठनको साख सहित अध्यात्मका बिषयबस्तु अनि प्रश्न गरें, धर्म के रहेछ ? जवाफ जस्तोसुकै होस् तर जान्न उत्सुक नै थिएँ ।

असल, परोपकारी, सकरात्मक कामसँगै जीबन मृत्युसँग उत्तिकै सामिप्यतामा रहि प्राणी र ब्रह्माण्डको सम्बन्ध सहित स्वभाव, कर्तब्य, अधिकार, कानुन, ब्यबहार, गुण र जिउँने शिक्षालाई नै धर्म भनिन्छ, हातमा रहेको पुजाको थालीलाई नजीकै रहेको टेबलमा राख्दै उनले जवाफ दिईन् ।

२०४० सालमा सोह्र सय प्रत्यासीबाट प्रथम स्थानमा छनौट भई प्रहरी सेवामा प्रबेश गरेकी एउटा काबिल प्रहरी अफिसर अपराधको दुनियाँमा कठोर बनि अपराधीलाई जेलको छिडीमा बसाली आफ्नै प्रहरी संगठनभित्र आफू मातहतका कैयौ खराब आचरणका प्रहरी कर्मचारीलाई कार्बाही गर्न कत्ति नडराउँने साथै महिला तथा बालबालिका निर्देशनालयको प्रमुख रहँदा केहि जिल्लामा महिला सेल सहित नेपाल प्रहरीमा जेण्डर पोलिसी निर्माण गरेकी अनि नेपाल प्रहरीको ईतिहासमा पहिलो ईन्टरनेशनल अवार्ड पाउँने महिला अधिकृत २०७० सालमा रिटार्यड भएदेखि गुमनाम किन ?

उमेरले छ दशक भएपनि उनको प्रत्येक दिनको योगा अनि ब्रह्माकुमारी राजयोगको सामिप्यतासँगै धर्मप्रतिको लगाबले नै हो कि जोश-जागरका साथ देशको राजनीति बाल्यकालमा भोगेको भन्दा दिनप्रतिदिन ओरालो उन्मुख देख्छु, कोही नेतापनि देशप्रति जवाफदेहि देख्दिन । लुटतन्त्र हाबी छ नेताहरु आफू र आफ्ना आफन्तको उन्नतिमा मात्र केन्द्रित देख्छु । यस्तो गंञ्जागोल र बिदेशीहरुको क्रिडास्थल बनाईएको देशमा म जस्ता कैयौलाई अहिलेको पद्धतीले गुमनाम बनाउँनु स्वभाविक हो बरु यसै बर्षदेखि प्रारम्भ भएको मातृभुमिका लागि नेपाली नामक अभियान संचालन गरेका छौं हामीले, जुन अभियान देशको लागि समर्पित रहने छ, जसमा म केन्द्रिय सचिवालय सदस्यमा पनि छु, दुई सन्तान अष्ट्रेलिया हुँदा पनि मलाई उतै जान कर नगरेका होईनन्, केवल उनिहरुलाई भेट्न जाने गरेकी छु, देशप्रती जिम्मेवार हुन्छु भनेर मातृभुमीको टिका लगाएकी म बरु गुमनाम रुचाउँछु, देश छोडेर प्रदेश जाने कुरै हुँदैन, उनि भन्दछीन् ।

नेपाल प्रहरीमा पहिलो महिला गुल्मपति, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पहिलो महिला प्रहरी प्रमुख अनि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सुरक्षा प्रमुखमा रहँदा प्रख्यात त्रिशठ्ठी पट्ट चौथो पदक, सवारी अनुमतिपत्र बितरण ईकाईमा रहँदा गोरखा दक्षिणबाहु चौथो सहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि करिब दुई दर्जन पदक तथा अवार्ड प्राप्त उनी, प्रहरी सेवामा रहँदा मेची, गण्डकी, धवलागिरी अंञ्चल सहित सुदुरपश्चिम प्रहरी प्रमुखको सफलरुपबाट जिम्मेवार सम्हालिसकेकी र सेवामै रहँदा सिएरालिएन तथा कम्बोडियामा समेत पुगेकी उनी संगठन भित्रमात्र होईन संगठन बाहिर पनि आफनो जिम्मेबार सहित कर्तब्यमा अडिग प्रहरी अफिसरका रुपमा परिचितनै थिईन ।

कांग्रेसका तत्कालीन महामन्त्री तारानाथ रानाभाटले सवारी अनुमतीपत्र शाखा प्रमुख हुँदा नियमबिपरित सवारी अनुमति पत्र नदिएको झोकमा आफुलाई अन्यत्र सरुवा गरेको त्यो क्षण, जनता जान्न चाहन्छन् भन्ने कार्यक्रमका संचालक एंवम् पत्रकार ऋृषि धमलाले बागमति अंञ्चलमा सवारी अनुमति परिक्षा चरणमा फेल भएपछि नियमबिपरित भएपनि आफुलाई अनुमतिपत्र दिनुपर्ने र नदिए दुईघण्टा भित्रमा नै सरुवा गरिदिने धम्किसँग नडराई कर्तब्यमा अडिगमै रहेका ति एकदुई घटना क्रमले पनि प्रहरी संगठनमा कस्ता-कस्ता दबाब आउँदा रहेछन् भनेर बताउँछ उनी थप्छीन ।

प्रहरी सेवाको कार्यकालमा तीन पटकसम्म सवारी अनुमती शाखा प्रमुखको जिम्मेवार सम्हालेकी उनी दरबारबाट तत्कालीन अधिराजकुमारी श्रुति राज्यलक्ष्मी शाहलाई सवारीअनुमति पत्र चाहियो भनि दरवारको आदेश लिएर कोही उनको कार्यकक्षमा आए तर दरबारको आदेश चल्ने त्यस समयमा उनी आदेश लिएर आउँने व्यक्तिलाई कानुन सबैको लागि बराबर कानुन बिपरित म बर्दी खोल्छु तर अनुमति पत्र दिन सक्दिन भनि पठाएको र पछि श्रुति राज्यलक्ष्मी शाहले तीनदिनको कक्षासहित लिखित, मौखिक र प्रयोगात्मक परिक्षा उर्तीण गरि अनुमति पत्र प्राप्त गरिन् । यो सम्झदा यी शासक भन्दा दरबार बरु प्रजातान्त्रीक थियो भन्ने महशुस यसैले थाहा हुन्छ नि, है उनी प्रश्न गर्छिन ।

जब उनि डिएसपीसम्म बढुवा भर्ईन् तबसम्म उनि सिनिएरका आधारमा भईन्, त्यसपछिका बढुवामा उनि संगठनप्रति बफादार सहित कार्यसम्पादन मुल्याङ्कनमा समेत अब्बल हुँदा समेत बिभेदनै बिभेदमा परिन् । आफुभन्दा धेरैनै जुनिएर आफुभन्दा माथिल्लो पदमा पुग्दा बल्ल बढुवा हुन्थ्यो, अझ प्रत्येक बढुवामा आर्थिक चलखेल हुन्थ्यो । अझ ताजै सम्झन्छिन् उनि, डिआईजीबाट बढुवा क्रममा देश परिबर्तन गर्छु भन्ने नेताजीले नौ करोड दिने हो भने प्रहरी प्रमुख बनाईदिन्छु भन्ने प्रस्ताब आएपछि बल्न उनले संगठन कमजोर बन्यो भनेर बिरक्त मानिन् । उनको अनुसार उक्त प्रचलन अहिलेपनि छ । ‘अनि हामी ब्यबसायीक प्रहरी अनि मजबुत प्रहरी संगठनको नारा दिन्छौ, यी सब फगत भनाई मात्र हुन्’, उनले निर्धक्क भन्छिन् । 

(पूर्ब डिआईजी बिमला थापासँग गरेको कुराकानीको सम्पादित अंश) 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.