विप्लवपुत्र प्रकाश चन्दले किन डाक्टरको तलबवृद्धि र डाक्टर पढ्नेको शुल्कवृद्धि फिर्ताको माग राखे
काठमाडौ। रिपोर्टर्स क्लब नेपालमा ५ भदौमा अचानक पुगेका विद्रोही कम्युनिष्ट नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्दले आन्दोलनको घोषणा गरे । चिकित्सा शिक्षा संघर्ष समितिको ब्यानरमुनी बसेर उनले चिकित्सा शिक्षामा अनियमितता र माफियातन्त्र मौलाएर जथाभावी शुल्क असुल्ने तर श्रमिकहरुमाथि शोषण गर्ने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिको अध्यक्षको हैसियतले आन्दोलनको घोषणा गरे ।
चिकित्सकको पारिश्रमिक वृद्धि देखि शिक्षाका नाममा जथाभावी लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै समितिले आन्दोलनको घोषणा गरेको हो । समितिले भर्नाको हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, विभिन्न विषयमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पार्नुपर्ने, स्वास्थ्यकर्मीको उचित तलब, सुरक्षा र अन्य सुविधाको व्यवस्था गरिनुपर्ने, पाठ्यक्रम परिमार्जन गरी प्रविधिमैत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने, मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरी मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा गर्नुपर्ने माग अघि सारेको छ । माग पूरा नभए कडा कदम चाल्न वाध्य हुने भनिएको छ ।
चन्दले सरकारल चिकित्सा शिक्षाको शुल्क बढाएकोमा जवाफ दिनुपर्ने बताए । उनले भने,‘सरकारले किन शुल्कवृद्धि गरेको हो जवाफ दिनुपर्छ ।’ सरकार आफै विधेयक बनाउने तर लागू नगर्ने गतिविधिमा संलग्न भएर चुकेको बताए । उनले मागहरु पूरा नभएसम्म आन्दोलनले अझ कडा रुप लिने चेतावनी दिए ।

चन्दले मेडिकल शिक्षामा भ्रमहरु फैलाइएको बताए । चिकित्सकको पारिश्रमिक बढाउनुपर्ने भन्दै नेपाली समाजमा डक्टरहरु लुट्ने हुन भन्ने आम भ्रम फैलाइएकोतर्फ गम्भीर हुनुपर्ने बताए । उनले भने,‘सरकार बजार भाउ बढाउने तर डक्टरको तलब नतोक्ने गतिविधि गरिरहेको छ ।’ एम बि बि ए पढ्ने डाक्टर र प्राविमा कार्यरत शिक्षकको तलब एउटै रहेको हुँदा यसमा पनि सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए । काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम एउटै रहेकोमा समान बनाइनुपर्ने माग गरे । त्रिविको कोर्ष लामो भएको हुँदा यसलाई छोट्याउन सरकारले विचार गर्नुपर्ने जोड दिए । सरकारले एकोहोरो नियम बनाएको हुँदा मेडिकल कलेज मारमा परेको र सरकारले मेडिकल कलेजले तिर्नुपर्ने करमा केही सहुलियत दिएमा विद्यार्थीहरुलाई नै सहज हुने बताए । यसमा सरकार र मेडिकल कलेजको समझदारी हुनुपर्ने र लोकसेवा आयोगमा उचित व्यवस्था हुनुपर्नेमा चन्दले जोड दिए ।
राष्ट्रिय चिकित्साशास्त्रका संयोजक चन्दनरमण अधिकारीले आन्दोलन सफल बनाउनुपर्ने बताए । विद्यार्थीले गरेका हरेक आन्दोलनका कार्यक्रमले यो क्षेत्रमा राम्रो काम गदै आएको र कुनै पनि चिकित्सालाई अगाडि बढाउनका लागि सबै एकजुट भएर आन्दोलन सफल पार्ने तर यसमा माफियाहरुको शक्ति भएकाले दबाउन खोजेको बताए । तलबको समस्या आम चिकित्सा क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई भएको बताए । डाक्टरको सेवासुविधा वृद्धि हुनुपर्नेमा अधिकारीको जोड दिए । ईन्ट्रान्सवाट आउने प्रतिस्पर्धी विद्यार्थीहरुका लागि ल्यावमा आवश्यक सामग्री छ छैन भनेर सधै डिनको अफिसरलाई गुहार्ने गरेको खुलाए ।
नेपाल डेन्टल एसोसिएसनका चिकित्सक दिपक ठाकुरले स्वास्थ्य क्षेत्र धमिराले खाएको अवस्था रहेको भन्दै देशमा स्वास्थ्य क्षेत्र नै समाप्त हुने खतरा औल्याए । सरकारले लोकसेवा मार्फत चिकित्सकको सेवा सुविधा बढाउनुपर्ने बताए । देशमा चिकित्सक उत्पादन गर्न विदेश जाने र नेपालमा फर्केपछि व्यवसायिकरण हुने बताए ।
स्वतन्त्र विद्यार्थी संगठनका अध्यक्ष मिलन गैरेले विद्यार्थी लुट्ने मनशायले लिएको शुल्क फिर्ता नगरे कडा कदम चाल्ने चेतावनी दिए । २०५७ सालमा भएको सम्झौता अनुसार सरकारले तोकेको भन्दा बढी शुल्क लिएमा एक महिनाभित्र फिर्ता गर्ने रहेको तर ३८ देखि ४२ लाखसम्म सकिने अध्ययन क्षेत्रमा ५१ लाख पुगेकोमा ज्यादती भइरहेको बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । विद्यार्थीको हितका लागि आन्दोलनका क्रममा त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय बन्द गर्दै आएको पनि बताए ।
गण्डकी मेडिकल कलेजका विद्यार्थी अनिल सिहंले अहिले सम्म ५१ चरण आन्दोलन गरिसकेको बताए । विद्यार्थीबाट लिइएको अतिक्ति रकम एक महिनाभित्र फिर्ता गर्नुपर्ने, रकमको कारोबारमा विल र भौचर हुनुपर्ने र यसमा भएका विकृति विसंगतीको अन्त्य हुनुपर्ने बताए । चिकित्सा अध्ययनलाई चुस्त, दुरुस्त, गुणस्तरीयता र मर्यादित बनाउन आम विद्यार्थीहरु लागि परेको बताए ।
त्यसैगरी, चितवन मेडिकल कलेजका डक्टर हेमराज भण्डारीले सेवा नै धर्म भएको तर सेवा जस्तो क्षेत्रलाई कमाई खाने भाँडो बनाइएको टिप्पणी गरे । पारिश्रमीकमा शोषण, पैसा बढी लिएर कलेजले ठग्ने हुँदा विद्यार्थीको मात्र नभएर आम नेपालीको समस्या भएको बताए । कलेज संचालन गरे अनुसार विद्यार्थीलाई सेवा दिनुपर्ने बताए । चिकित्सा क्षेत्रमा २० लाखमा हुने पढाई करडौमा पुगेको हुँदा गरिबका लागि चिकित्सा शिक्षा कल्पनाको विषय बताए ।
जानकी मेडिकल कलेजका ईन्टन डक्टर अर्विन अधिकारीले आन्दोलनमा जान वाध्य भएको बताए । देशमा डाक्टर र विरामी विचको सम्बन्ध विग्रेको स्थिति रहेको बताए । ईन्टनका डाक्टरहरुलाई एउटा प्रा .वि तहको शिक्षकको जतिपनि पारिश्रमीक नभएको भन्दै कलेजले श्रम शोषण गरेको बताए । लाखौ विद्यार्थीमाथि चलखेल भएकोलेसंघर्ष गर्न तयार रहेको कुरा बताए । तस्विरहरुः रिपोर्टर्स क्लब नेपाल
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
