काठमाडौं । तेह्रथुम जिल्ला संक्रान्ति बजार वडा नम्बर १ निवासी इश्वर ढुंगेल १ महिनादेखि ब्लड क्यान्सरपीडित बनेका छन् । पल्लवी विद्या मन्दिर उल्लावारीका शिक्षक ढुंगेल १ महिना देखि सिकिस्त विरामी परेका हुन् ।
सामान्य विरामी भएको सङ्कामा विराट नसिङ होम विराटनगरमा स्वास्थ्य परिक्षण गर्दा ढुंगेललाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । बाबु हेमराज ढुंगेल र नविन दाहालले १ महिनादेखि ब्लड क्यान्सरसँग लडिरहेका इश्वर ढुंगेलको उपचारमा आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरेका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकोले सहयोग गरिदिनु हुन अनुरोध गरेका हुन् । शिक्षक ढुंगेलको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले बाबु हेमराजको नम्बर ९८१४३६८५०७ र दाजु नविन ९८१४९३९९७१ मा सम्पर्क गर्न सक्नु हुनेछ । यसका साथै सामाजिक सञ्जाल र देश, विदेशमा रहेका सम्पूर्ण आफन्तजन र शुभचिन्तकहरुबाट समेत परिवारले आर्थिक सहयोगको याचना गरेको छ






