काठमाडौं । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा मृतकको सनाखत हुन नसकको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।






