भारतबाट शिकार गरेर ल्याउदै गरेको ६ वटा जंगली बँदेल सहित सशस्त्र द्वारा पक्राउ
रबिन्द्र यादव / नवलपरासी पश्चिम नवलपरासी पश्चिम जिल्लाको रेगंहिया नाका बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको ६ वटा भारतीय जंगली बँदेल सशस्त्र प्रहरी अाउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौली स्थित दशगजा बाट बिहिवार बिहान करिब साढे ६ बजे भारतीय नाका रेगंहिया बाट अवैध रुपमा दुईवटा ठेला गाडीमा लोड गरेर ल्याउदै गरेको बदेल सशस्त्र प्रहरी बोर्डर अाउट पोष्ट ( बिअोपी ) गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुनम अधिकारी नेतृत्वमा रहेको गस्ती टोलीले उक्त जंगली बदेलहरु पक्राउ गरेको हो ।
पक्राउ परेका ६ वटा बँदेल मध्ये ३ वटा मरिसकेका छन भने ३ वटा जंगली बँदेल लाई जिविदै ईलाका बन कार्यालय बर्दघाट लाई बुझाइएको छ । जीवितै रहेका बँदेल लाई बर्दघाट नगरपालिका वडा नं १ मा रहेको चिसापानी सामुदायिक बनमा छाडिने छ भने मृतक बदेल लाई सशस्त्र प्रहरी सुरक्षा शाखा बडेरा मा गाडिने छ । बदेल तस्करहरु प्रहरी देखि पछि भारत तर्फ नै भागेको सशस्त्र प्रहरी गुठी परसौनीले जनाए छ । छ वटा मध्ये ४ वटा भाले रहेका छन भने दुई वटा पोथी रहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य

