धर्म परिवर्तन नरोकिए मुलुक धार्मिक द्वन्द्वमा फस्ने कमल थापाको चेतावनी
काठमाडौं, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले धर्म परिर्वतन गराउने क्रम नरोकीए मुलुक डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिएकाछन्।
उनले धर्म, संस्कृति र परम्पराको आधारमा एकतावद्ध भएको समाजलाई धर्म निरपेक्षताको नाममा बढ्दो धर्म परिर्वतन गराउने क्रमले कमजोर बनाउदै लगेको तर्क गरे।
हरितालिका तीजको अवसरमा पार्टीको महिला संगठनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सनातन धर्म र संस्कृतिमाथि योजनाबद्ध र सांगठनिक रुपले आक्रमण भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले केही वर्षदेखि निरन्तर रुपमा धर्म र संस्कृतिमाथि प्रहार भईरहेको बताए।
अध्यक्ष थापाले धर्म निरपेक्षताको आडमा भईरहेको धर्म परिर्वतनलाई नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण पनि गराए। उनले १० वर्षको बीचमा दशौँ लाखको धर्म परिर्वतन भएको दाबी गर्दै धर्म, संस्कृति जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
