नायिकाले छतबाट हाम फालेर गरिन् आत्महत्या, यस्तो छ कारण
भदौ १४,एजेन्सी | स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन् ।
यस्तै भयो एक उदाउँदो नायिकामाथि पनि ।
पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् । यी नायिकाको उमेर २५ वर्ष बताइएको छ । पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् ।
ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् । उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्महत्याको बाटो रोजेको पनि बताइन्छ ।
पर्ल जुन अपार्टमेन्टमा बस्थिन् त्यहाँका गार्डले घटनाबारे जानकारी दिएका हुन् । उनका अनुसार घटना करिब सवा १२ देखि साढे १२ को बीच भएको थियो । केही खसेको आवाज आएपछि आफूहरु कुदेर उनी भएठाउँ पुगेको उनले बताए । उनका अनुसार हाम फालेपछि उनको स्थिती निकै खराब थियो र उनलाई तुरुन्त अस्पताल पुर्याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
