Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको जहाज चरासँग ठोक्किँयो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, १५
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको जहाज चरासँग ठोक्किँयो

भदौ १५, काठमाडौँ | कतार एयरवेजको जहाज अवतरण गर्ने क्रममा चरासँग ठोक्किँदा ग्राउण्डेड भएको छ।

आइतबार बिहान ९ बजे कतारबाट उडेको कतार एयरवेजको जहाज  काठमाडौं  त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किन पुगेको थियो। चरासँग ठोक्किएपछि जहाज ग्राउण्डेड गरिएको कतार एयरवेजले जनाएको छ।

जहाजको दायाँ इन्जिनमा चराको पखेटा भेटिएको जनाइएको छ | जहाजको इन्जिन सबै खोलेर चेकजाँच गरिसकेपछि मात्रै उडान भर्नेछ।

Top Changing Nepal

युट्युब सट्स