रबिन्द्र यादव / नवलपरासी पश्चिम नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ गंगापुरमा रहेको इन्द्रा सुगर मिलको सिरा टंकीको पाइप फुटेपछि मिलको वरिपरि किसानले लगाएको लगभग चार बिगहा उखु सुकेर पुर्ण रुपमा नष्ट भएको छ । मिलको चरम लापरवाहीले उक्त किसानहरुको तयारी अवस्थामा रहेको उखु नष्ट भएको हो । पिडित किसानहरुले नष्ट भएको उखुको क्षतिपूर्ति मिल संग माग गरेका छन् ।
किसानले मिलले अविलम्ब क्षतिपूर्ति नदिए चरणबद्ध अान्दोलन गर्ने चेतावनी दिएका छन् । मिलको पश्चिम दिशामा रहेको १५ जना किसानले लगाएको चार बिगहा उखुमा क्षति पुर्याएको हो । नष्ट भएको उखुको दोस्रो बाली %






