देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन पहल गर्ने
देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ । अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवश्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकविच छलपल गरी सो कुराको जानकारी गराएको हो ।
अहिले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० भए पनि ठाउँअनुसार मूल्य प्रति क्रेट ३० देखि ४० रुपैंया फरक रहेको संघको ठहर छ । देशैभर अण्डाको मूल्यमा एक रुपता ल्याउन वितरकलाई निश्चित कमिसन निर्धारण गर्न लागिएको अण्डा उतपादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसिले बताउनुभयो ।
यता नेपाल अण्डा वितरक संघका महासचिव सुर्यमान शाक्यले भने ३ प्रतिशत भन्दा कम मुनाफामा अण्डा विक्रि वितरण गर्न नसकिने बताउनुभयो । मकैको मूल्य वृद्धि भएको वहानामा दाना उद्योगले दानाको मूल्य बढाउँदा अहिले किसानले लागत अनुशारको अण्डाको मूल्य पाउन सकेका छैनन् । प्रति गोटा अण्डा उत्पादन गर्न १० रुपैंया लागत पर्ने भएपनि अहिले किसानले ८ रुपैंया भन्दा पाउन सकेका छैनन् ।।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
