दशैंको मुखमा रविलाई थुन्न सरकारी वकिलको निवेदन, पूर्वपत्नी आउँदै
काठमाडौं, भदौ २६ । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने नराख्ने टुंगो यसै हप्ता लाग्न सक्छ । सरकार वकिलले यसै हप्ता उच्च अदालत हेटौंडामा निवेदन दिएर शालिग्राम पुडासैनी आत्महत्या दुरुत्साहनको मुद्यामा र्पुपक्षका लागि थुनामा राख्न निवेदन दिएपछि यसको सुनुवाई हुँदैछ ।
सुनुवाईपछि निवेदनबारे उच्च अदालतले आदेश दिनेछ । यसअघि चितवन जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएपछि रिहा भएका थिए । रिहाको विरुद्धमा सरकारी वकिल निवेदनसहित उच्च अदालत पुग्यो । उनीविरुद्ध फैसला भए दशैंको मुखमा चितवन कारागार चलान हुने सम्भावना रहन्छ । पक्षमा फैसला भए उनी विगतमा झै सक्रिय रहन सक्नेछन् । तर, मुद्यासम्बन्धित विषयमा बोल्न पाउने छैनन् ।
यसैगरी, रवि लामिछानेकी पूर्वपत्नी इशा लामिछाने नेपाल आउँदैछिन् । उनी असोजको दोस्रो हप्ताभित्र नेपाल आउने बुझिएको छ । उनले आउने दिनबारे केही खुलाएकी छैनन् । आउने दिनको खुलासा भएमा मिडिया पछि लाग्न सक्ने भन्दै उनले आउने दिन गोप्य राखेकी हुन् । अमेरिकामा रहेकी दुई छोरीलाई भने इशाले नल्याउने बुझिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
