• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १७ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १८ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • २० घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २१ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • २१ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २३ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • २. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ७. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • ८. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै

  • १०. नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

मन्त्रिपरिषदको निर्णय : बालुवाटार जग्गा प्रकरणको छानबिन समितिको म्याद थप (निर्णयसहित)

admin २०७६, भाद्र, २७

काठमाडौं, २६ भदौ । मन्त्रिपरिषद बैठकले सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका लागि थप गरेको सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

यी हुन मन्त्रिपरिषदले गरेका १९ निर्णयहरु :

१. Food safety and Agriculture Commercialization Program का लागि एशियाली विकास बैंकबाट रू ५ अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय गरिएको छ।

२. Rural Enterprise Financing Project का लागि एशियाली विकास बैंकबाट प्राप्त गर्ने ऋण सहायता रू ५ अर्ब ७५ करोड सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गर्ने निर्णय गरिएको छ।

३. आर्थिक वर्ष २०७६/०७७ का लागि एकल बिन्दु सेवा केन्द्रको २५ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ।

४. नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ चैत ११ को निर्णय बमोजिम गठित विराटनगर जुटमिल्स जाँचबुझ आयोगको म्याद २०७६ भदौ १७ देखि एक महिनाका लागि थप गरिएको छ। नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्ने गरी साविककै संरचना र कार्यशर्त (TOR) लागू हुनेगरी म्याद थप गरिएको हो।

५. ऊर्जा दक्षता तथा संरक्षण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिइएको छ।

६. निम्न प्रयोजनका लागि विभिन्न श्रेणीका राजपत्रांकित पदहरूमा दरबन्दी स्वीकृत गरिएको छ–

क) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय मातहतको जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत सञ्चालन हुने आयोजना÷कार्यक्रमका लागि ३६० वटा

ख) सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि ५६ वटा र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ वटा

ग) कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित आयोग/परियोजना/आयोजना/कार्यक्रमका लागि २७२ वटा

घ) कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत सञ्चालित नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाका लागि १९ वटा

ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका विभिन्न परियोजना/कार्यक्रमका लागि ५८ वटा

च) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत सञ्चालित आयोजनाहरूको लागि अधिकृतस्तरका ६५ वटा

७. कर्तव्य पालनाको सिलसिलामा शहादत प्राप्त गरेका प्रहरी जवान संजिव राईलाई शहीद घोषणा गर्ने र निजको परिवारलाई राहत स्वरूप रू. १० लाख उपलब्ध गराउने निर्णय गरिएको छ।

८. नेपाल सरकार, मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णय बमोजिम गठित सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिना सम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरो (CIB) को छानविन समितिको म्याद २०७६ साउन २८ देखि २०७६ असोज २८ सम्म दुई महिना थप गर्ने निर्णय गरिएको छ।

९. सार्वजनिक हितका लागि आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।

१०. गोरखा, कञ्चनपुर, सर्लाही, रौतहट, धनकुटा, पाल्पा र काभ्रेपलाञ्चोक गरी ७ जिल्लामा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकामा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई राजपत्रांकित द्वितिय श्रेणीको प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने निर्णय गरिएको छ।

११. खाँदवारी–किमाथांका सडकको १४ किमि चट्टानी खण्ड नेपाली सेनामार्फत गराउन स्वीकृति दिइएको छ।

१२. राष्ट्रिय युवा परिषद्का लागि आर्थिक वर्ष ०७६/७७ मा आवश्यक पर्ने १५ वटा राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी तेरिज स्वीकृत गरिएको छ।

१३. निम्न प्रयोजनका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ–

क) शुभश्री अग्नि सिमेण्ट अद्योग प्रा.लि.लाई चूनढुङ्गा उत्खनन गर्न दाङ जिल्लाको बंगलाचुली गाँऊपालिका–६, तिमिलेमा रहेको राष्ट्रिय वन क्षेत्रको ३.९३५ हेक्टर जमिन (१० वर्षका लागि)

ख) सम्राट सिमेन्ट कम्पनी प्रालिलाई चुनढुङ्गा उत्खनन गर्न दाङ जिल्लाको बंगलाचुली गाऊँपालिका–३, थारागाउँमा रहेको राष्ट्रिय वन क्षेत्रको (जनचेतना सामुदायिक वनमा समेत परेको) ५ हेक्टर जमिन (१५ वर्षका लागि)

ग) नेपाल विद्युत प्राधिकरणलाई कोशी कोरिडोर २२० केभी प्रसारणलाईन आयोजना (बसन्तपुर–चाँगे खण्ड) को ‘राइट अफ वे’सहित केही टावर निर्माण गर्न तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न सामुदायिक वनसहित राष्ट्रिय वन क्षेत्रको ७२.७४६ हेक्टर जमिन (२५ वर्षकका लागि)

घ) नेपाल विद्युत प्राधिकरण, बुटवल (गोरुसिंगे–लुम्बिनी) १३२ केभी प्रसारणलाईन आयोजना संरचना विस्तार गर्दा आवश्यक पर्ने रुपन्देही जिल्लाको योगीकुटी स्वीचयार्डको ‘टु बे एक्सटेन्सन’ निर्माण गर्न स्वीचयार्डसँगै वन अनुसन्धान प्लटको छेउमा रहेको वन क्षेत्रको ०.४८ हेक्टर जमिन (२५ वर्षका लागि)

ङ) नेपाल विद्युत प्राधिकरणलाई बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाईन आयोजनाको जितपुर–कपिलवस्तु खण्डको ‘राइट अफ वे’सहित केही टावर निर्माण गर्न कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका लगायत विभिन्न स्थानमा रहेका विभिन्न ४ सामुदायिक वन र तिलौराकोट साझेदारी वनसहित राष्ट्रिय वन क्षेत्रको १६.७६१ हेक्टर जमिन (२५ वर्षका लागि)

१४. काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनाईने ईन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनका लागि ईन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको छ।

१५. हुलाक सेवा विभाग अन्तर्गत अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिक २०७६ साउन महिनादेखि लागू हुने गरी वृद्धि गर्ने निर्णय गरिएको छ।

१६. नेपाल प्रशासन सेवाको समूहीकरण (क्लस्टर) तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा कामु प्रमुख सचिव तोयनारायण ज्ञवालीलाई बढुवा गरी मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश नं ५ को प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

१७. नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लस्टर) तर्फको राजपत्रांकित विशिष्ठ श्रेणीको पदमा राजपत्रांकित प्रथम श्रेणीका अधिकृत श्री ऋषिराम शर्मा र श्री रविन्द्रनाथ श्रेष्ठलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

१८. समपूरक अनुदान सम्बन्धी (दोश्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ।

१९. विशेष अनुदान सम्बन्धी (दोश्रो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

ताजा

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.