वाईडबडी भ्रष्टाचार प्रकरणमा सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्छ : दीपेन्द्र कँडेल
काठमाडौं, २७ भदौ । पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलले वाईडबडी खरिद प्रकरणमा भएको घोटालामा नेपाल वायु सेवा निगमका तत्कालिन् महाप्रबन्धक सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले यस्तो बताएका हुन् । आफूसँग उपलब्धक भएका डकुमेन्ट अनुसार नेपाल बाहिरका दिपक शर्मा (ए.आर. कर्पोरेशन) र कंशकारबीच भएको सम्झौताको आधारमा कंशकारको नाम लिन बाध्य भएको पनि उनले खुलासा गरेका छन् ।
त्यस्तै, उनले यो प्रकरणमा नेपाल सरकारलाई फेल गराउने तवरले संसदीय छानबिन समितिले प्रतिवेदन ल्याएको आरोप लगाए । उनले भने,‘मैले त आजकै डेडलाईन दिएको थिएँ, भदौ २७ गते । तर, मैले दिएको डेडलाईनभन्दा चार दिन अघि नै भ्रष्टाचार भएको छैन भनेर संसदीय छानबिन समितिको प्रतिवेदन निकालिनुले प्रशासनभित्रको मिलोमतोमा सरकारलाई फेल गराउने षड्यन्त्र भएको छ ।’
उनले उक्त प्रकरणमा छानबिनका लागि आफू वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई सहयोग गर्नपनि तयार रहेको सुनाए । उनले भने,‘यदि राजनीतिक प्रेसरबाट छानबिन प्रभाव पार्ने काम भयो भनेपनि मन्त्रीज्यू, तपाई नडराउनुहोस । यो प्रकरणमा छानबिनको लागि तपाई अघि बढ्नुहोस, जनताले तपाईलाई प्रधानमन्त्री बनाउँछन् ।’
उनले यो प्रकरणमा सत्य, तथ्य बाहिर ल्याउनको लागि पनि छानबिनको सुरुवात योगेश भट्टराई आफैंले गर्नुपर्ने सुझाए । उनले यो प्रकरणमा भ्रष्टाचारको भएको फिगर रकम चार अर्बमात्रै नभएर आफ्नो प्रारम्भिक अनुमानमा १८ अर्ब पुगेको पनि उनको दाबी छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
