सुन जस्तै आकाशियो लसुनको भाउ
काठमाडौं, भदौ २८ । बजारमा अहिले सुनको भाउ आकाशिएको छ । अब अधिकांश सामान्य नेपाली जनताका लागि सुन सपना बन्ने अवस्था बनेको छ । सुनको भाउ बढिरहँदा लसुनको भाउ बढेर चुल्होको खर्च महङ्गो भएको छ ।औषधी समेत मानिने लसुनको मूल्य प्रतिकेजी २५० रुपैयाँ सम्म पुगेको छ । सुकेको नेपाली लसुनको जतिकै मूल्य हाइब्रिड चाइनिज लसुनको मूल्य रहेको छ ।
कालिमाटी तरकारी तथा फलफूल बजार विकास बोर्डको आजको मूल्य अनुसार हरियो लसुन प्रतिकेजी २१० रुपैयाँ सम्म पुगेको छ । लसुन नेपालीको भान्छामा अत्यावश्यक तरकारी तथा मसला हो । हरियो लसुन तरकारीका रुपमा प्रयोग हुन्छ भने सुकेको लसुन मसलाका रुपमा प्रयोग हुन्छ ।
लसुनको मूल्य आकाशिंदा उपभोक्ता मारमा परेका छन् । देशभित्र उत्पादन बढ्न गई चाइनिज लसुनको दबदबा बढेको छ । तर, नेपाली स्थानीय लसुनको तुलनामा चाइनिज लसुन पौष्टिक दृष्टिले प्रभावकारी हुँदैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
