प्रहरीले थमायो ज्ञानेन्द्र शाहीको हातमा पक्राउ पुर्जी
काठमाडौं, भदौ ३० । ‘नेपालका लागि नेपाली’ नामक अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई अन्ततः प्रहरीले पक्राउ पुर्जी दिएको छ ।नेपालगञ्ज विमानस्थलमा शनिबार पर्यटनमन्त्री योगेश मन्त्री भट्टराईमाथि विमानभित्रै भएको घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनबाट आइतबार शाहीलाई प्रहरीले सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिएको थियो ।
आइतवार दिनभर प्रहरी परिसरमा राखेको शाहीलाई अहिले भने प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै नियन्त्रणमा राखेको छ ।
मन्त्रीसंग अभद्र व्यवहार देखाएको आरोपमा प्रहरीले उनको हातमा पक्राउ पुर्जी थमाई सकेको छ । पक्राउ परेका शाहीमाथि गैरसैनिक हवाई उडान सिभिल एभियसन ऐन २०१५ को ९ क १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने तयारीमा प्रहरी रहेको छ ।
उक्त दफा बमोजिमको अपराध गर्नेलाई जन्म कैद र त्यस्तो अपराध गर्न उद्योग गर्ने वा मतियार हुनेलाई पन्ध्रदेखि बीस वर्षसम्म कैद हुने कानुनी ब्यबस्था रहेकोछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
