बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता
असोज १, विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन् ।
को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन् । जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईका अनुसार जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन् । चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको राईले जानकारी दिए ।
जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ । तर उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
