विहानै डकैती गर्न घरभित्र छिरेका तीन किशोर मारिए
जानकारी केन्द्र
२०७६, आश्विन, ३
विहानको चार बजे । तीनजना किशोर एकजनाको घरमा पस्छन् । मास्क लगाएका उनीहरुले घरमा डकैती गर्न खोज्छन् । त्यतिकैमा घरधनीले आधुनिक हतियार झिकेर तीनजनालाई गोली हानी मारिदिन्छन् ।
यो घटना अमेरिकाको जर्जिया राज्यको हो । जहाँ विहानै डकैती गर्न मास्क लगाएर आएका १५ र १६ वर्ष उमेरका किशोर मारिए । घरधनीले थाहापाएपछि हतियार झिकेर हाने । किशोरमध्येको एकले घरधनीलाई आक्रमण गर्न बन्दुक निकालेलगत्तै घरका एकजनाले हतियार झिकेर प्रहार गरेका थिए । त्यसपछि बाँकी दुईजनामाथि पनि गोली चलाएका थिए ।
घटनाबारे सबै खुलासा गरिएको छैन । आत्मरक्षाका लागि घटना भएको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । घटनामा मारिएकाको नाम खुलाइएको छैन ।-एजेन्सी Photo Source: WWSB
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


