फिल्म शुटिङ्गमा गयो कि केकीको दुर्घटना
चर्चित नायिका केकी अधिकारी शुटिङ्गको क्रममा रौटहत जाँदा दुर्घटनामा परेकी छिन् । यो गाडी दुर्घटना उनको तेस्रो पटक हो ।काठमाडौंबाट रौतहट शुटिङ्गको लागि हिडेको स्कोर्पियो बिहान ४ बजे तीव्र गतिको कारण दुर्घटनामा परेको हो ।कटहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल खसेको गाडीमा ठूलो क्षति भएपनि सवार सबैलाई सामान्य चोटपटक लागेको र शुटिङ्गका लागि लगिएको सम्पूर्ण क्यामरा तथा उपकरणहरु सुरक्षित रहेको जनाइएको थियो ।
केकीको यो पहिलो दुर्घटना भने होइन । उनी यो भन्दा अगाडि पनि शुटिङ्ग कै क्रममा दुई पटक दुर्घटनामा परेकी छिन् । पहिलो पटक उनी २०६८ माघमा रिलिज भएको चलचित्र “ आई एम सरी” को लमजुङ शुटिङ्गको क्रममा खोलामा डुबेकी थिइन् । उनीले झन्डै डुबेर ज्यान गुमाएकी थिइन् । तर, उनको भाग्य उनीलाई केही भएन ।
दोस्रो पटक उनी पत्रकार दिपेन्द्र लामा निर्देशित चलचित्र शुटिङ्गमा जाने क्रममा बाइक दुर्घटनामा परेकी थिइन् । राम्रो कुरा के भने उनी अहिले सम्म कुनै पनि दुर्घटनामा गम्भिर अवस्थामा भने पुगेकी छैनन् ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

