रुखसँग विवाह गर्नुको , यस्तो छ रहश्य
भदौ ३०, लिवरपूल | रुखको महत्वप्रति मानिसहरुलाई जागरुकता दिनको लागि तथा रुखको संरक्षण गर्नको लागि वातावरण संरक्षक तथा सामाजिक कार्यकर्ता केट कङनिंघमले एल्डर प्रजाति नाम गरेको एक रुखसँग बिबाह गरेकी छन् । यति मात्र होइन केटले आफ्नो थर समेत परिवर्तन गरेर केट रोज एल्डर राखेकी छन् । उनको रुखसँगको बिबाहको लागि उनका परिवारले समेत साथ दिएको कुरा अन्तराष्ट्रिय संचार माध्यमहरुमा खबर छ । मर्सीसाइड पार्कमा भएको बिबाह समारोहमा केटका बुबा, व्वाईफ्रेन्ड र बच्चा लगायतको उपस्थिति रहेको थियो । केटले बताए अनुसार उनको ब्वाईफ्रेंडले उनको निर्णयप्रति पूर्ण समर्थन गरे । केटका छोरा पनि उनको बिबाह समारोहमा उपस्थित भएका थिए ।
३४ बर्षीया दुलही केट कंनिंघमले लिथरल्याण्डको रिमरोज घाटी पार्कमा रहेको रुखसँग बिबाह गरेकी हुन् । बिबाह गर्नुको कारण मानिसहरुलाई रुखको महत्व बुझाउन रहेको उनले बताएकी छन् । कंनिंघमले त्यस क्षेत्रको रुखहरुको संरक्षणको लागि एक अभियान पनि चलाउने छिन् जो नयाँ बाइपास निर्माणको क्रममा काटिने सम्भावना छ ।केटले भनिन्, हाम्रो उदेश्य स्थानीय मानिसहरुको सहयोग लिएर रिमरोज घाटी हुँदै जाने लगभग ९ किलोमिटर लामो बाईपास प्रोजेक्ट बन्द गराउने अभियान चलाउने हो । बाइपासको प्रस्ताव इंग्ल्याण्ड राजमार्गद्वारा गरिएको छ । यसको उद्देश्य पोर्ट अफ लिभरपूलमा यातायातको चाप कम गर्नु रहेको छ ।
केटले भनिन्, यो स्थान मलाई निकै मन पर्छ । मेरी आमाको मृत्यु स्वासप्रस्वास सम्बन्धि समस्याको कारण भएको थियो । म आफै ब्रोन्किइक्टेसिसबाट पिडित छु । यो स्थानलाई मासेर एउटा सडक निर्माण गर्नु वातावारणको लागि ठूलो हानी हो । हाम्रो इलाकामा पहिलेदेखि नै निकै प्रदूषण छ । यदि यो स्थानका रुखहरु काटेर सडक बन्यो भने त हामी स्थानीय सिधै रोगको सिकारमा पर्छौं ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
