ज्ञानेन्द्र शाही आक्रमणमा परे पछी बिर अस्पतालमा यस्तो अवस्थामा भेटिए
काठमाडौँ | ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीलाई निर्घात कुटपिट गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्ने तय भएको थियो । कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बेला सत्तारुढ दल नेकपाका युवाहरुको समूह कार्यक्रम स्थल पुगेर ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ भन्दै नारा लगाएका थिए । त्यस क्रममा प्रहरी आइपुगेर नाराबाजी रोकेको थियो ।
सम्भावित झडपको स्थिति देखेपछि प्रहरीले ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटेका थिए । कार्यक्रम गर्न नपाएपछि अभियान्ता शाहीको टोली गाडी मार्फत काठमाडौँ फर्कन लाग्दा चौविसकोठीको होटल ग्लोबलमा युवाहरुको समूहले आक्रमण गरेको थियो ।
शाहीलाई लक्षित गरी युवाहरुले अन्दाधुन्ध हातमा ढुंगा, इट्टा तथा रडले हानेका थिए । घटना भएपछि पुगेको प्रहरीले नेकपा आवद्ध एक जनालाई मात्र पक्राउ गर्न सक्यो । अरु युवाहरु भने भाग्न सफल भएका थिए ।
घटनापछि घाइते भएका शाहीलाई अस्पताल लागि शरीरको सिटी स्क्यान गराउदा गहिरो चोट लागेको नदेखिएको अस्पतालले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
हेर्नुहोस भिडियोमा ज्ञानेन्द्र शाही आक्रमणमा परे पछी बिर अस्पतालमा यस्तो अवस्थामा भेटिए
https://www.youtube.com/watch?v=2xJvkj8Vw1M
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
