एकल महिला र पुरुषको अवस्था उस्तै, अब एकल पुरुषलाई पनि भत्ता
काठमाडौं । हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ ।
एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी भत्ताको कार्यविधि बनाएका छौं,’ उनले भने । स्थलगत अनुगमनमा एकल महिला र पुरुषको उस्तै अवस्था देखिएपछि जनप्रतिनिधिबीचको छलफलबाट यो निर्णय गरिएको बताए ।
झन्डै १८ हजार जनसंख्या भएको गाउँपालिकामा हेलम्बु, किउल, पाल्चोक, इचोक र महांकाल गरी ७ वडा छन् । ‘एकल महिलासँगै पुरुषको अवस्था दुःखलाग्दो देखिएपछि पुरुषलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौं ।’ उनले भने । यो समाचार कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
