Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

जर्बजस्ती काण्ड खुलासा गर्ने पत्रकार अजयबाबुमाथि रोशनीको गम्भीर आरोप (फेसबुक पोष्टसहित)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, १५
जर्बजस्ती काण्ड खुलासा गर्ने पत्रकार अजयबाबुमाथि रोशनीको गम्भीर आरोप (फेसबुक पोष्टसहित)

काठमाडौं, १५ असोज । पत्रकार अजयबाबु शिवाकोटीलाई तीनकुनेस्थित डेराको घटनाबारे भिडियो अन्तवार्ता दिएकी रोशनी शाहीले उनैविरुद्ध खनिएकी छिन् । शाहीले सामाजिक सञ्जाल फेसबुकमा गएराति लेख्दै आफूलाई शिवाकोटीले बोल्न वाध्य बनाएको आरोप लगाएकी हुन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जर्बजस्तीको आरोप लगाएर हाम्राकुराका सम्पादक शिवाकोटीलाई भिडियो अन्तवार्ता समेत दिएकी उनले बयान फेरेर महरा निर्दोष भएको बताइन् । आफूसँग अन्तवार्ता लिन तीनकुनेस्थित डेरामै बोलाएकी शिवाकोटीविरुद्ध उनले कडा प्रतिक्रिया जनाउनुले धेरै शंका उब्जाएको छ ।

शाहीले शिवाकोटी आफ्नो कोठा पत्ता लगाएर जर्बजस्ती महराको विरुद्धमा बोल्न वाध्य बनाएको आरोप लगाइन् । उनले लेखेकीछिन्,‘यही चोर हो मेरो कोठा पत्ता लगाएर मलाई जबरजस्ती महराको विरुद्धमा बोल्न वाध्य बनाउने रअ पत्रकार ।’

पत्रकार शिवाकोटीविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि यसलाई वरिष्ठ पत्रकारहरुले समेत प्रतिक्रियासहित पुनः पोष्ट गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स