महरापछि शाहीको निशानामा नेम्वाङ : तपाई पनि दुधले नुहाएको गाई होईन्
असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले यो प्रकरणमा महरा निर्दोष रहेको बताएकी छिन् । धेरैलाई आश्चर्यमा पार्नेगरि यु टर्न भएकी रोशनीले आफूलाई ज्यान मार्ने धम्की दिएर यस्तो बोल्न लगाईएको पनि स्पष्ट पारेकी छिन् ।
त्यतिमात्रै होईन, शाहीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय सदलका उपनेता सुवासचन्द्र नेम्वालाई पनि कारबाही गर्न माग गरेकी छिन् । उनले फेशबुकमा एक स्टाटस लेख्दै भनेकी छिन्,-“बहुविवाह गर्ने उपनेतालाई पनि कारबाही हुनुपर्छ । न्याय दुवैलाई समान हुनुपर्छ ।”

शाहीले अर्को स्टाटसमा महराले आफूलाई केही नगरेको जवाफ फर्काउँदै भनेकी छिन्,”किन नचिन्ने उपनेता ज्यू, महराले केही गरेका छैनन् स्वयम म भिक्टिम बोल्दैछु बरु तपाईको बहुविवाहको नालीबेलीको कथा संसदलाई जानकारी गराउनुहोस तपाई पनि दुधले नुहाएको गाई होईन् ।”

नेम्वाङले महराले राजीनामा दिएपछि केही मिडियामा अब संसदले महरालाई नचिन्ने बताएका थिए । उनले राजीनामा दिएपछि सांसद पद पनि स्वतः निलम्बन हुने बताएका थिए । शाहीले नेम्वाङले बोलेका उक्त कुराको मिडिया कभरेज शेयर गर्दै त्यसमै जवाफ फर्काएकी हुन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
