अन्ततः पक्राउ परे महरा
काठमाडौं, १९ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।
संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले प्रहरीमा महराविरुद्ध लिखित उजुरी गरेकी थिईन् । शाहीको उजुरीसँग अदालतले प्रहरीलाई महरालाई पक्राउ गर्न आज (आईतबार) आदेश दिएको हो । प्रहरीमा दर्ता भएको किटान जाहेरीमा असोज १२ गते आइतबार राति महरा पीडित महिलाको कोठामा पुगेर जबरजस्ती करणीको प्रयास गरेको कुरा उल्लेख छ ।
महरालाई पक्राउ गरेसँगै प्रहरीले अब अनुसन्धान अघि बढाउनेछ । स्रोतकाअनुसार प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ । त्यस्तै, पीडित महिला शाहीको कोठाबाट प्रमाणहरुपनि संकलन भैसकेका छन् । ती संकलित प्रमाणहरुको फोरेन्सिक जाँच पनि प्रहरीले गरिसकेको छ ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

