काठमाण्डौ । विहान १० बजेर ३५ मिनेटमा सुरु भएको यस वर्षको विजया दशमीको टिका राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट टिका तथा जमरा ग्रहण गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री केपी ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट टिका लगाउनुभयो ।
राष्ट्रपति भण्डारीले शितल निवास र प्रधानमन्त्री ओलीले वालुवाटारमा टिका लगाउनुभएको हो । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टिका लगाउनुभयो ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टिका ग्रहण गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भाउजु विष्णुमाया पौडेलेको हातबाट टिका लगाउनुभयो । पूर्व राजा ज्ञानेन्द्र शाहले आमा रत्नको हातबाट टिका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाएका छन् ।
यस्तै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका शाक्यसहित विशिष्ट महानुभावलाई टीका लगाए ।
यसैगरी, राष्ट्रपति भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाए ।
हेर्नुहोस भिडियोमा





