Jankari Kendra
२६ श्रावण २०८३, मंगलवार
Worldlink

असोज २२,बुधबारको राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २१
असोज २२,बुधबारको राशिफल

चन्द्रराशि– मकर, ११:४० बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १७:४० बजे र दिनमान २९ घडी ८ पला। व्रत/पर्व-पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा (असँचालँ) ,हुलाक दिवस, धनिष्ठा पञ्चक ११:४० बजे प्रारम्भ।

जय गुरु देव !! जय श्री हरि !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ असोज २२,बुधबार, इ.स. २०१९ अक्टोबर ९,शकसंवत् १९४१, परिधावी संवत्सर,दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलाथ्व, आश्विन शुक्लपक्ष, एकादशी, १७:५७ उप्रान्त द्वादशी, नक्षत्र– धनिष्ठा, २४:५० बजेउप्रान्त शतभिषा, योग– शूल, २८:१४ बजेउप्रान्त गण्ड, करण– भद्रा, १७:५७ बजेदेखि वव, ३०:५४ बजेउप्रान्त वालव, आनन्दादिमा मित्र योग, चन्द्रराशि– मकर, ११:४० बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १७:४० बजे र दिनमान २९ घडी ८ पला। व्रत/पर्व-पापांकुशा एकादशी व्रत, अन्नपूर्णा यात्रा (असँचालँ) ,हुलाक दिवस, धनिष्ठा पञ्चक ११:४० बजे प्रारम्भ।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ असोज २३, बिहीबार, इ.स. २०१९ अक्टोबर १०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११३९ कौलाथ्व, आश्विन शुक्लपक्ष, द्वादशी, १९:५३ उप्रान्त त्रयोदशी, नक्षत्र– शतभिषा, २७:२१ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– गण्ड, २८:४६ बजेउप्रान्त वृद्धि, करण– वव, ६:५४ बजेदेखि वालव, १९:५३ बजेउप्रान्त कौलव, आनन्दादिमा वज्र योग,चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:०१ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २९ घडी ४ पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,यात्रामा अवरोध हुने,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
गोपनीयतामा ध्यान दिनुहोला,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,आजको शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सबैकाममा आफैँले ध्यान दिनुहोला,सामानहरू छुट्ने/हराउने सम्भावना छ, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आजको शुभ अंक ८ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सचेत रहनुहोला,संयम एवं बोलीको मधुरताले,सम्झना लायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ, भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,आजको शुभ अंक १ रहेको
छ ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आलश्य पनि दूर हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
झुटा आरोप पनि लाग्नेछन्, कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,स्थानान्तरण हुने,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,खर्च गरे अनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,आजको शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विशेष सावधानी अपनाउनु होला,सचेत रहनुहोस,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ, प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,आजको शुभ अंक ११ रहेको छ ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

Top Changing Nepal

युट्युब सट्स