आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, स्वास्थ्य निगरानीका आधुनिक सुविधा र लामो समयसम्म चल्ने ब्याट्रीसहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी वाच–६, रेड्मी वाच–६ लाइट र रेड्मी वाच–६ एक्टिभ गरी तीनवटा मोडल रहेका छन् ।
कम्पनीका अनुसार, सिरिजको प्रमुख मोडल रेड्मी वाच–६ मा २.०७ इन्चको एमोलेड डिस्प्ले रहेको छ, जसको अधिकतम चमक २,००० निट्ससम्म पुग्नुका साथै प्रिमियम आल्मुनियम एलोय फ्रेमसहितको यस स्मार्टवाचमा सामान्य प्रयोगमा २४ दिनसम्म चल्ने ब्याट्री रहेको छ । डुअल एल१ फाइभ-सिस्टम जीएनएसएस, विभिन्न स्वास्थ्यसम्बन्धी निगरानी सुविधा तथा दुईवटा बटनमार्फत सहज सञ्चालन गर्न सकिने सुविधाले यसलाई दैनिक प्रयोगका लागि उपयोगी बनाएको कम्पनीले जनाएको छ । साथै, ५ एटीएम पानी प्रतिरोधी क्षमताका कारण पानीको सम्पर्कमा आउँदा पनि यसको सुरक्षा कायम रहने बताइएको छ ।

त्यसैगरी, रेड्मी वाच–६ लाइट मा १.९६ इन्चको एमोलेड डिस्प्ले र १,५०० निट्ससम्मको अधिकतम चमक रहनुका साथै ५ एटीएम पानी प्रतिरोधी क्षमतासहितको यस स्मार्टवाचमा ब्लुटुथ कलिङ, १५० भन्दा बढी खेलकुद मोड, विभिन्न स्याटेलाइट प्रणालीमा आधारित स्थान पहिचान, ९ प्रकारको गति मापन गर्ने सेन्सर तथा व्यावसायिक पौडी मोडलगायतका सुविधा छन् । ४७० एमएएच क्षमताको ब्याट्रीले सामान्य प्रयोगमा १८ दिनसम्म साथ दिने कम्पनीले जनाएको छ । यसमा मुटुको धड्कन मापन गर्ने सेन्सर, प्रकाश सेन्सर र एक्सेलेरेसन सेन्सरलगायतका सुविधासमेत रहेका छन् ।
कम्पनीका अनुसार, रेड्मी वाच–६ एक्टिभ मा १.८५ इन्चको एमोलेड डिस्प्ले र १,२०० निट्ससम्मको अधिकतम चमक रहेको छ भने लामो समयसम्म प्रयोग गर्न मिल्ने गरी यसमा आईपी६८ धुलो तथा पानी प्रतिरोधी क्षमता दिइएको छ । ९.९ मिलिमिटरको पातलो र हलुका फ्ल्याट–एज डिजाइन तथा सजिलै फेर्न मिल्ने स्ट्र्यापका कारण यो दैनिक प्रयोगमा आरामदायी रहनुका साथै यसमा ब्लुटुथ कलिङका साथै दिनभर मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (क्उइ₂) र तनावको निगरानी गर्ने सुविधा पनि रहेको बताइएको छ । सामान्य प्रयोगमा यसको ब्याट्री १८ दिनसम्म चल्ने कम्पनीले जनाएको छ ।

रेड्मी वाच–६ ग्लेसियर ब्लु, अब्सिडियन ब्ल्याक र सिल्भर ग्रे रङमा उपलब्ध रहनुका साथै यसको मूल्य रु. २० हजार ४ सय ९९ तोकिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार, त्यसैगरी, रेड्मी वाच–६ लाइट ब्ल्याक र स्टिल ग्रे रङमा उपलब्ध छ, जसको मूल्य रु. १४ हजार ९ सय ९९ रहेको छ भने रेड्मी वाच–६ एक्टिभ भने मिडनाइट ब्ल्याक, म्याट सिल्भर र सनसेट ओरेन्ज रङमा उपलब्ध छ र यसको मूल्य रु. १० हजार ९ सय ९९ तोकिएको छ ।

सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
आजदेखि “नाइमा मोबिलिटी एक्स्पो २०२६” सुरु हुदैँ
कस्तो छ आजको मौसम पूर्वानुमान ?
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?


