दुबईका शासकले किने ४५ करोडको घोडा
एउटा घोडाको मूल्य कति होला ? सामान्यतया केही लाखमा घोडा खरिद गर्न सकिन्छ । तर, यस्ता घोडा पनि छन् जसको मूल्य सोचेभन्दा निकै माथि हुन्छ । त्यसमाथि मनपरेको घोडा पाउन संभ्रान्तहरुले मुखले बोलेजति रकम खन्याउँछन् ।
दुबईका शासक शेख मोहम्द विन रसिद अल मक्तुमले एउटा घोडाका लागि ४५ करोड नेपाली रुपैयाँ बराबरको मूल्य तिरेका छन् । घोडा दौडमा लगाइने उक्त घोडा बेलायतबाट खरिद गरेका हुन् ।
शेख घोडादौडका शौखिन हुन् । उनी सँसारका धनीमध्येका हुन् । तर, उनलाई यसै वर्ष पत्नीले छाडिदिएकी छिन् । पत्नी बेलायतमा लुकेकी छिन् । शेखले भने बेलायतबाटै मनपरेको घोडा खरिद गरे । उनी आफै बेलायतको घोडा विक्रीको सेलमा पुगेका थिए । उनले किनेको घोडा दौडमा अब्बल छ । यसबाट उनले घोडा दौडमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
दुबईलाई अहिलेको अवस्थामा पुर्याउन शेखको मुख्य हात छ । उनी संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री समेत हुन् । –एजेन्सी Photo Source: Business Insider
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
