पाँच राष्ट्रबीचको टि–२० सिरिजमा नेपाल ओमानसँग पराजित
ओमान । पाँच देशीय टीट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ । आज भएको खेलमा नेपाल आयोजक ओमानसँग ६ विकेटले पराजित भएको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेपालले दिएको ६५ रनको लक्ष्य ओमानले ११ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पहिलो ओभरमै विकेट लिदै सन्दीप लामिछानेले नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
उनले ओमानका ओपनर ओकीब इलियासलाई शुन्य रनमा पेविलियनको बाटो देखाएका थिए । तर, सुरज कुमारले अविजित ४२ रन बनाउँदै ओमानको जितको आधार तयार गरेका थिए । ओमानका अन्य ब्याट्सम्यानले समेत दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका करण केसीले २ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले ११ ओभरमा अलआउट हुदै ६४ रन बनाएको थियो ।
ओपनरद्वय ईशान पाण्डे र कप्तान पारस खड्का सस्तैमा आउट भएको खेलमा नेपालले लगातार विकेट गुमाएको थियो । ईशान २ तथा पारस ५ रनमा आउट भएको खेलमा दिपेन्द्र सिंह ऐरी ११, बिनोद भण्डारी ४, आरिफ शेख २० र सन्दीप जोरा शुन्य रनमा पेविलियन फर्किएका थिए । सोमपाल कामी ८, सन्दीप लामिछाने २, करण केसी ८ तथा अभिनाष बोहरा २ रनमा आउट भए । ओमानका आमिर खालिमले सर्वा्धिक ५ विकेट लिएका थिए ।
पाँच देशीय टी–ट्वान्टी सिरिजमा ओमानले ४ खेलबाट ८ अंक जोड्दै सिरिज कब्जा गर्यो । आयरल्याण्ड ६ अंक सहित दोस्रो स्थानमा रह्यो । नेपाल समेत ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेदरल्याण्ड २ अंक सहित चौथो र अंक विहिन हङकङ पुछारमा रह्यो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
