Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, आश्विन, २४
सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो

काठमाण्डौ । सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएको हो भने बाँकीको पछि उद्धारका क्रममा मृत्यु भएको हो ।काठमाडौँ आउने क्रममा भोटसिपा नजिकै हेलम्बु यातायातको बस दुर्घटना हुँदा ४० भन्दा बढि घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर उपचार गरिँदैछ ।

घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याएर उपचार गरिँदैछ । बा २ ख १७२५ नम्बरको बसमा अधिकांश दशैँ मनाएर काठमाडौँ फर्कने यात्रुहरु थिए । इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडमा बस दुर्घटनामा परेको हो ।

बिहान ८ बजे भोटसिपा गाउँबाट हिँडेको हेलम्बु यातायातको बस १० बजेतिर सडकबाटै तल खसेर क्षतिग्रस्त भएको थियो । प्रहरीले खबर पाएलगत्तै घटनास्थलमा पुगेर स्थानीयसँगै उद्धारकार्यमा जुटेको थियो ।

गाडीमा झण्डै ७० जना सवार रहेको अनुमान गरिएको छ । कच्ची सडक र क्षमताभन्दा बढी यात्रु चढाएका कारणले दुर्घटना भएको अनुमान छ ।

Top Changing Nepal

युट्युब सट्स