आइफोन ११ को सफलताले एप्पलको मूल्य एक वर्षयताकै उच्च
असोज २४, काठमाडौँ | अमेरिकी कम्पनी एप्पलको शेयर मूल्य बिहिबार सन् २०१९ कै उच्च विन्दुमा पुगेको छ । बिहीबार एप्पलको शेयर मूल्य २ सय ३० डलर नाघेको हो ।
आइफोन ११ को मागमा भएको वृद्धिको समाचार सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयर मूल्यमा डेढ प्रतिशतले बढोत्तरी भएको छ ।
विश्लेषकहरुले आगामी दिनमा एप्पलको शेयर मूल्य निरन्तर उकालो लाग्ने प्रक्षेपण गरेका छन् । बजेट मूल्यको आइफोनप्रति खासगरी चिनिया प्रयोगकर्ताहरु बढि आकर्षित भएका कारण एप्पलले पछिल्लोपटक आइफोन ११ को उत्पादन बढाउने घोषणा गरेको थियो । एप्पलले आफ्ना आपूर्तिकर्तालाई आइफोन ११ को उत्पादन १० प्रतिशतले अर्थात् ८० लाख गोटाले वृद्धि गर्न आग्रह गरेको थियो ।
आइफोन ११ को सुपथ मूल्यसँगै उच्चस्तरको क्यामरा फिचर तथा धेरै कलर अप्सनका कारण उपभोक्ताहरुले यो सिरिजका आइफोन मन पराएका छन् । सन् २०२० भरमा गरी साढे १८ करोड गोटा आइफोन बिक्रि हुने एप्पलको प्रक्षेपण रहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
