क्याबिनेटमा सेट नै परिवर्तनको तयारी
काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा सेट नै परिवर्तनको तयारीमा पुगेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग आजै मन्त्रिमण्डलमा हेरफेरबारे छलफल गरेका छन् ।
मन्त्रिमण्डलमा मन्त्रीहरुको कामबारे समिक्षा समेत भएपछि को को राख्ने र को को झिक्नेबारे समेत छलफल भएको बुझिएको छ । ओलीले सरकारको काम कारबाहीलाई सशक्त बनाउन मन्त्रिहरुको हेरफेर कात्तिको पहिलो हप्तानै गर्ने तयारी गरेका छन् । यसबारे उनले प्रचण्डसँग परामर्श गरेका हुन् ।
मन्त्रिहरुलाई दशैं मान्न दिने नीति अनुरुप ओलीले केही अघि नै मन्त्रिहरुको हेरफेरलाई थाती राखेका थिए । अब उनी तत्काल एक्सनमा जाने गरी तयारीमा जुटेका छन् ।
ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईबाहेकका मन्त्रीको ठाउँमा नयाँ नाम दिन समेत भनेको विश्वस्त स्रोतले जनाएको छ । ओलीले पूर्व एमालेका तर्फबाट मन्त्री भएका अन्यलाई भने हटाउने गरी तयारी गरिसकेका छन् ।
प्रचण्ड बुहारीसमेत रहेकी खानेपानीमन्त्री विना मगरलाई हटाउन नदिने पक्षमा छन् । मगरबाहेक अन्यको हेरफेरमा प्रचण्ड लचिलो देखिएका छन् । तर, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई मन्त्री कायमै राख्न एउटा पक्ष लबिङमा लागिसकेकाले उनलाई जोगाउन प्रचण्ड सक्रिय हुनसक्ने देखिएको छ । रघुवीर हट्ने परिस्थितिमा महेश बस्नेतलाई भौतिक पूर्वाधारमन्त्री बनाउनुपर्ने पक्षमा प्रचण्ड पनि उभिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
