सीमा नाका ४८ घण्टाका लागि बन्द
असोज २७, दार्चुला | भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएका छन् । भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले पीथौरागढ जिल्लासँग जोडिएका जिल्लाका सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो ।भारतमा असोज २९ गते हुने ग्राम पञ्चायत निर्वाचनका लागि आज साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्मका लागि पुल बन्द हुने भएको हो ।
भारतको विकास खण्ड धारचुलाअन्तर्गत असोज २९ गते ग्राम पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य एवम जिल्ला पञ्चायत सदस्यका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दार्चुलासँग जोडिएका सबै नाका बन्द गर्नेसम्बन्धी भारतीय प्रशासनले पत्राचार गरेको थियो ।
भारतीय चुनावका कारण सदरमुकामसँग जोडिएको झोलुङ्गे पुल र तिगरम पुल बन्द हुनेछ । यसअघि असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीको झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवी र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएका थिए । नेपाल र भारतमा निर्वाचन हुँदा दुवै देशको सहमतिमा सीमा नाकामा रहेका पुल बन्द हुने गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
